धरान / धरानमा जारी २० औं बुढा सुब्वा रेडबुल गोल्ड कपको विभागीय टिम नेपाल पुलिस क्लब २० औं बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा पुगेको छ ।
भर्खरै पोखरामा सम्पन्न भएको १६ औं आहा रारा गोल्डकपको उपाधि जितेको पुलिसले चिरपरिचित प्रतिद्वन्द्वी संकटा क्लव काठमाण्डौंलाई २–१ के अन्र्तरले हराउदै फाईनलमा पुगेको हो । पुलिस बुढासुब्बाको साबिक विजेता पनि हो ।
अन्त्यन्तै प्रतिष्पर्धात्मक खेलको निर्धारित समय एक एक गोलको बराबरी भएपछि अतिरिक्त समयको ११ औ मिनेटमा पुलिसका बुद्ध लामाले गोल गरी टोलीलाई जितमा पु¥याए । उनले तेज तामाङले प्रहार गरेको सट कर्नरमा रेजिन लिम्बूले डिबक्स भित्र मिलाइदिएको पासलाई सदुपयोग गर्दै गोल गरे ।
खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । खेलमा दोस्रो हाफको ९ मिनेटमा पुलिसका रेजिन सुब्बाले विपक्षी रक्षापंतीका तीन डिफेन्सलाई छक्याउदै प्रहार गरेको बल गोल किपरलाई छुएर जाली चुम्यो ।
बदलामा संकटाका लागि प्रकाश बुढाथोकीले १९ औं मिनेटमा गोल गर्दै खेल बराबरी बनाए । उनले सेडरिक अब्बाको पासलाई वानटच गोल गरे । बुढाथोकी खेलको म्यानअफ द म्याच समेच घोषित भए ।
खेलमा संकटा क्लबले अग्रता बनाउने सुनौलो अवसर सदुपयोग गर्न सकेन । पहिलो हाफको २० औ मिनेटमा संकटाका प्रकाश बुढाथोकीले दिएको पासलाई डिबक्स भित्र अनमार्क रहेका सेडरिक अब्बाले गोल गर्न सकेनन् । उनले वान टचमा प्रहार गरेको बल बारमाथिबाट बाहिरीयो । पहिलो हाफको ४१ औं मिनेटमा पुलिसका सन्तोष हेमरोनले विपक्षी खेलाडी अब्बालाई लडाएपछि डिबक्स नजिक पाएको फ्रिकिकमा प्रकाश बुढाथोकी गोल गर्न चुके । यो नै संकटाका लागि दुभाग्य भयो ।
एक महिना अघि मात्र सेट गरिएका नयाँ खेलाडी लिएर मैदानमा उत्रिएको थियो । पहिलो हाफमा पुलिस आधा दर्जन गोल मिस ग¥यो । २३ औं मिनेटमा पुलिसका हेम तामाङले दिएको क्रस पासलाई डिबक्स भित्र अनमार्क रहेका रेजिन सुब्बाले प्रहार गरेको हेड फितलो हुदा विपक्षि गोल किपर विनय श्रेष्ठले सहजै नियन्त्रणमा लिए । दोस्रो हाफको चौथो मिनेटमा पुलिसका तेज तामाङले डिबक्स नजिकबाट गरेको प्रहार गरेको बल बार माथिबाट बाहिरियो ।
संकटा क्बलका प्रशिक्षक सल्यान खड्गीले अन्तिम समयमा सम्हालिन नसक्दा पराजित हुनुपरेको प्रतिक्रिया दिए । पुलिसका प्रशिक्षक अनन्तराज थापाले आफ्ना नयाँ युवा खेलाडीहरुले सुधादेृ गएको बताए । उनले भने सबै खेलाडी नयाँ छन्, युवा छन् त्यसैले डटेर खेल्नु नै जित भएको बताए ।
बिहीबार हुने अन्तिम सेमिफाइनल खेल काठमाडौको रुस्लान थ्रिस्टार क्लब र भारतको दुर्गापुर स्टिल क्लबबीच हुने छ । विजेता टिमले उपाधीका लागि पुलिससँग सामाना गर्ने छ ।