धरान / आन्तरिक उत्पादनको व्यापारिक प्रवद्र्घन गरी निकासी प्रवद्र्घनमा महत्वपूर्ण योगदान पु¥याउने उद्देश्यले सुनसरी उद्योग बाणिज्य संघ धरानले १० दिने प्रदेश स्तरीय महोत्सव गर्ने भएको छ ।
प्रदेश नं. १ का उद्योग वाणिज्य संघहरु तथा उद्योगी/व्यवसायीहरुलगायत अन्य क्षेत्रका उद्योगी/व्यवसायीहरुले सञ्चालन गरेका विभिन्न उत्पादनहरुको प्रदर्शन तथा विक्रि कक्षहरु रहने बताइएको छ ।
विहीबार धरानमा पत्रकार सम्मेलन गरि महोत्सवबारे जानकारी गराइएको हो ।धरानको पब्लिक उच्च माविको खेलमैदानमा गर्ने भएको छ । कृषि, शिक्षा, सूचना प्रविधि, पर्यटन एवं औद्योगिक प्रदर्शनी नाम दिएको महोत्सव फागुन ११ गतेदेखि २१ गतेसम्म संचालन हुने संघका संगठन सचिव तथा महोत्सवका प्रचार संयोजक उपेन्द्र चाम्लिङले जानकारी दिए ।

महोत्सवमा अर्थ विज्ञ तथा सबै उद्योग बाणिज्य संघहरुको सहभागीतामा प्रदेश १ लाई कसरी आर्थिक रुपले सम्पन्न बनाउने भन्ने विषयमा गोष्टी समेत आयोजना गरिने महोतसव आयोजक समितिका संयोजक विजय श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा बंगालादेशका गारर्मेन्ट र इलेक्ट्रि सामानलगायतको स्टल रहने बताइएको छ । यस्तै देश भरका उत्पादनहरुको स्टल राखिने छ । प्रदेश १ का जिल्लाका आफ्ना उत्पादनहरु महोत्सवको मुख्य आकर्षण हुने छ । ओखलढुङ्गाको भेडाको उनले बनेको, राडी, इलामको चिया, भोजपुरको खुकुरी, संखुवासभाको अल्लो, सुनसरीको बेरासलगायत आ–आफ्नो जिल्लाको उत्पादनहरु महोतसवमा आउने संयोजक श्रेष्ठले जानकारी र्दिए । महोत्सवमा ७२ लाखको खर्च हुने आयोजकले अनुमान गरेको छ । करिव १० करोडको कारोवार गर्ने र ५ लाख आगन्तुकहरु आउने आयोजकले अनुमान गरेको छ ।

आन्तरिक उत्पादनको प्रवद्र्घन गरी निकासी प्रवद्र्घनमा महत्वपूर्ण योगदान पु¥याउन सरकारको बाणिज्य मनत्रालयको सहयोगमा महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवमा यस क्षेत्रका उद्योग वाणिज्य संघहरु तथा उद्योगी/व्यवसायीहरुलगायत अन्य क्षेत्रका उद्योगी/व्यवसायीहरुले सञ्चालन गरेका विभिन्न उत्पादनहरुको प्रदर्शन तथा विक्रि कक्षहरु रहने छन् ।
यस्ता छन् महोत्सवका आकर्षणहरु
ड्ड औद्योगिक प्रदर्शनी तथा खरिद विक्री
ड्ड दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी तथा खरिद विक्री
ड्ड तरकारी तथा फलफुल प्रदर्शनी तथा खरिद विक्रि
ड्ड वाल उद्यान
ड्ड राष्ट्रिय स्तरको सांस्कृतिक तथा हास्य व्यंग कार्यक्रम
ड्ड निकाशी योग्य वस्तु सम्बन्धि गोष्ठी
ड्ड प्रदशे स्तरिय उद्योग वाणिज्य संघ अन्र्तगत क्ष्मब िगिर्ने
ड्ड प्याराग्लाईडिङ
ड्ड ¥याÏिटङ्ग
ड्ड शैक्षिक प्रर्दशनी
ड्ड एक गाउ“ एक उत्पादनका उत्पादीत बस्तुहरुको प्रर्दशनी
ड्ड कृषी प्रर्दशनी
ड्ड पर्यटकीय भ्रमण
ड्ड बाल बालिकाहरुको प्रतिभा प्रस्फुटनका लागी कार्यक्रम
ड्ड प्रत्यक्ष प्रसारण
ड्ड आर्थिक विश्लेषणका लागि गोष्ठि
ड्ड अटोमोवाईल प्रदर्शनी,
ड्ड गार्मेन्टका तयारी पोषाक, जुक्त चप्पल, खेलौना, ज्वेलरी आदी वस्तुको प्रदर्शनी,
ड्ड निर्माण सामग्री, कृषि औजार, ईलेक्ट्रोनिक्स सामाग्रीको प्रदर्शनी
ड्ड सूचना प्रविधी (आई टी)को जानकारी एवं प्रदर्शनी
ड्ड साईक्लिङ
ड्ड ट्याटु आदी ।


प्रदर्शनी गरिने वस्तु

य दैनिक उपभोग्य सामानहरु
य अटोमोवाइल्स
य कृषि जन्य तथा जडिबुटी
य मदिराजन्य एवं सूर्तिजन्य
य सूचना प्रविधी
य ईलेक्ट्रोनिक्स
य पर्यटन क्षेत्र र पर्यटकिय समाग्रीहरुको प्रदर्शनी एवं विक्रि
य हस्तकला तथा जातिय भेषभुषाका सामाग्री
य औद्योगिक सामाग्रीहरु
य एक गाउँ एक उत्पादन
य शैक्षिक प्रर्दशनी तथा शैक्षिक समाग्री