मेष: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलीको विपरीत अर्थ लाग्न सक्छ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मिथुन: मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रेमी÷प्रेमिकाका बिच खिन्नता बढ्नेछ । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । अनावश्यक झमेलामा परिएला ।

सिंह:सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नैयायिक कार्यमा सफलता मिल्नेछ । भूमि लाभ रहला । शत्रु क्षय होलान् । नयाँ कार्यको योजना बन्नेछ ।

तुला:तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

धनु:धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला । सामान हराउने वा चोरी हुने भयछ । आफन्तविच मन मुटाव रहला ।

कुम्भ:कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बैदेशिक कार्य अघी बढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिनेछ ।

बृष: वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) भेटघाट र मनोरञ्जनमा सहभागीता भइएला । शुभकार्यको चर्चा चल्नेछ । नयाँ व्यक्तिसंग भेट होला ।

कर्कट:कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कूतनीतिक नियोगको सहयोग मिल्ला । प्रीय व्यक्ति संग भेट-घाट होला । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

कन्या:कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बित्तिय संस्था बाट सहयोग पाईनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

बृश्चिक:वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) वस्त्र, अलंकारको प्राप्ति हुनेछ । प्रेम सम्बन्ध कसिलो होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ ।

मकर:मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । नयाँ कार्यको थालनी होला ।

मीन:मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) यात्रामा सावधानी अपनाउनु पर्नेछ । पैतृकसम्पत्तिमा विवाद बढ्नेछ । बैदेशिक क्षेत्र कमजोर रहला । – ज्यो.पं. नारायणप्रसाद दुलाल