धरान ।प्रेस चौतारी नेपाल सुनसरीको  शुक्रवार  सम्पन्न भएको वार्षिक साधारणले ७ वुँदे इटहरी घोषणा पत्र जारी गरेको छ । प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश वस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वार्षिक साधारण सभाद्धारा पारित गरि उक्त घोषणा पत्र जारी गरेको हो ।

3 3 

घोषणा पत्रमा सम्पूर्ण श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक र पेशागत विकासको सुनिश्चितता गर्न साधारण सभा जोडदार माग,श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षा र प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर्न सम्बन्धी सबै पक्षहरुसँग माग गर्ने,पत्रकार महासंघलाई वास्तविक श्रमजीवी पत्रकारहरुको छाता संगठनका रुपमा स्थापित गर्न पत्रकार महासंघले शुद्धिकरणको अभियान सञ्चालन गरेकोमा प्रेस चौतारी नेपाल शुद्धीकरणका मापदण्डहरू पुर्णरुपमा अक्षरशः लागु गर्न माग पनि माग गरेको छ ।

2 2

शुद्धिकरण अभियान प्रेस चौतारी नेपाल सुनसरी आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । त्यसै गरि पत्रकारितालाई सम्मानित पेशाको रुपमा स्थापित गर्न सम्पूर्ण पत्रकारहरुको विकासका कार्यक्रम तथा योजनाहरू ल्याउन पत्रकार महासंघसँग माग गरेको छ । 

343592176_1383213248916785_3215058878647659093_n

 सुरक्षित कार्य वातावरण बनाउन सम्बन्धित सञ्चारमाध्यमहरुको ध्यानाकर्षण,नेपाल सरकारले विभिन्न पत्रपत्रिकाहरूलाई दिँदै आएको लोक कल्याणकारी विज्ञापन कटौती गर्ने भन्ने विज्ञापन बोर्डको जानकारी प्रति ध्यानाकर्षण भएको जानकारी गराउँदै पत्रपत्रिकाले पाउँदै आएको विज्ञापनलाई नियमित रुपमा प्रदान गर्न माग पनि माग गरेको छ ।

5

कोशी प्रदेशमा मिडियाहरुको व्यवस्थापनका लागि सञ्चार प्रतिष्ठान तत्काल गठन गर्न माग गरेको छ र  प्रेस चौतारी नेपाल पारदर्शीता र जवाफदेहिताको पक्षपाती रहँदै आएको र त्यसैले अहिले विभिन्न क्षेत्रमा भ्रष्टाचारका घटनामा नेपाल सरकारले गरीरहेको छानविनलाई निष्पक्ष रुपमा अघि बढाउन समेत माग पनि माग गरेको छ ।७ वुँदे इटहरी घोषणा पत्र प्रेस चौतारी नेपालका कोशी प्रदेश सदस्य हिमाल दाहालले वाचन गर्नु भएको थियो । 

कार्यक्रमको उद्घाटन सत्रको औपचारिक कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथी चौतारीका केन्द्रिय अध्यक्ष  गणेश वस्नेतले नेपाल पत्रकार महासंघलाई शुद्धिकरणको अभियान पुर्ण रुपमा लागु गर्न आग्रह गर्नु भएको छ ।

उहाँले प्रेस चौतारी नेपालले श्रमजीवि पत्रकारहरु महासंघ वनाउन संगठनवाटै शुद्धिकरण अभियान यस अघि नै लागु गरि कार्यान्वयन गरेकाले महासंघलाई पेशागत हक हितको लागि पनि सदस्यता सुद्धिकरण गर्न अवास्यक रहेको वताउनु भयो ।

त्यसैगरि कार्यक्रमका उपाध्यक्ष गणेश पाण्डले मल्टि मिडियाको कारण पत्रकारहरु विस्थापित र वेरोजगार हुनु परेको भन्दै पत्रकारको क्षमता विकास गर्नु पर्नेमा जोड दिनु भएको थियो । उदघाटन शत्रमा नेकपा एमालेका केन्द्रिय सदस्य लक्ष्मी गौतम ,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अमर खड्का ,प्रेस चौतारी नेपालको केन्द्रिय सचिव विक्रम लुइटेल,कोशी प्रदेशका अध्यक्ष अविजाल विष्ट लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

  वार्षिक साधारण सभाको वन्द सत्रले अध्यक्ष शुभद्रा प्याकुरेलद्धारा प्रस्तुत सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष कृष्ण वहावद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन पनि पारित गरेको छ । 

  पत्रकारिता पुरस्कारको लागि १ लाखको अक्षय कोष र सम्मान 

यसैवीच सोही साधारण सभाका अवसरमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सचिव एवम् प्रेस चौतारी नेपाल सुनसरीका पुर्व अध्यक्ष देवेन्द्र कार्कीले स्वर्गीय पिता अमर बहादुर कार्कीको स्मृतिमा पत्रकारिता पुरस्कारको लागि १ लाख रासीको अक्षष कोष वनाउने घोषणा गर्नु भएको छ ।

sss

उक्त अक्षय कोष चौतारीको वैंकमा जम्मा गरिदिने र सोही रकमबाट आउने व्याजबाट हरेक वर्ष पत्रकारिता पुरस्कार प्रदान गर्ने वताउनु भएको छ । समाज सेवी तथा आमचौक गाउँपालिकाका पुर्व जनप्रतिनिधि समेत रहेका स्वर्गीय कार्कीको स्मृतिमा प्रदान गरिने यस वर्षको पहिलो अमर बहादुर कार्की स्मृति पत्रकारिता पुरस्कार प्रेस चातारी नेपाल सुनसरीले धरानका पत्रकार रणध्वज लोहारलाई प्रदान गरेकाे छ ।

कार्यक्रमका प्रमुख अतिथी चौतारीका केन्द्रिय अध्यक्ष गणेश वस्नेत  र पुरस्कार दाता देवन्द्र कार्की र श्रीमती सुलोचना कार्कीले नगद ११ हजार १ सय ११ रुपैयाँ र सम्मान पत्रले पत्रकार लोहोरलाई सम्मान गर्न भएको थियो ।