धरान  / पत्रकार महासंघ सुनसरीले धरानका नगर प्रमुख हर्क साम्पाङले पत्रकार र सञ्चार माध्यमलक्षित  शृङ्खलाबद्ध रूपमा  भएका  दुर्व्यवहार र धम्कीपूर्ण अभिव्यक्तिका कारण पत्रकारहरू असुरक्षित भएको ठहर गर्दै  चरणबद्ध आन्दोलन गर्ने घषेषणा गरेको छ । 

 साम्पाङले  पत्रकार र सञ्चारमाध्यम लक्षित गरी निरन्तर धम्कीपुर्ण अभिव्यक्तिहरू दिइरहँदा पत्रकारहरू असुरक्षित भएको ठहर गर्दै महासंघले वैशाख २३ गते  ध्यानाकर्षण पत्र बुझाएको थियो । तर पनि उहाँले धम्की दिन नछाडे पछि महासंघले आन्दोलनको घोषण गरेका् हो । 

महासंघले ध्यानाकर्षण पत्र बुझाएको पाँचौँ दिनसम्म नगर प्रमुखको तर्फबाट आधिकारिक रूपमा महासंघमा कुनै पत्र नपुगेपछि चरणबद्ध आन्दोलनमा ओर्लन बाध्य भएको महासंघको अध्यक्ष जनकऋषि राईले जानकारी दिनु भएको छ ।

बिहीबार अध्यक्ष राई र सचिव ध्रुव ढकालले विज्ञप्ति जारी गर्दै महासंघले पहिलो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।  जस अन्तरगत वैशाख २८ गते बिहीबार प्रेस विज्ञप्ति जारी गर्ने, २९ गते  जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयसमक्ष ज्ञापन पत्र बुझाउने, ३० गते शनिवार सुनसरीबाट प्रकाशित पत्रिका र अनलाइन पोर्टलहरूमा एउटै नारा प्रकाशन र प्रसारण गर्न आग्रह गर्ने, ३१ गते  सुनसरीका पत्रकारहरूले एउटै नारा फेसबुक स्ट्याटसमा लेख्ने,  जेठ १ गते धरानमा मौन जुलुस प्रदर्शन गर्ने र  २ गते धरानमै पूर्व नगर प्रमुखहरूसँग अन्तरक्रिया गर्ने निर्णय गरेको छ । 

महासङ्घ सुनसरीले आज जारी गरिएको विज्ञप्तिमा नगरपालिका कसैको बयान लिने कार्यालय नभएकोले त्यहाँ गएर आरोप पुष्टि गर्नु आवश्यक नभएको जनाउँदै देशमा कानुन छ र कानुनले सबैका भूमिकालाई निर्धारित गरिदिएको जनाएको छ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसंग माग गरिएको पत्रकारहरूको सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति स्थानीय सरकारको प्रतिबद्धता औपचारिक रूपमा प्राप्त नभएको जनाउँदै मेयर साम्पाङले फेसबुक पेजमा दिएको सामाग्रीप्रति उक्त टिप्पणी गरेको हो । वक्तव्यमा मेयर साम्पाङलाई ‘म नै राज्य हुँ’ भन्ने भ्रमबाट मुक्त हुन आग्रह गर्दै आदेशको शैली तत्काल बन्द गरी विधि र प्रक्रियाको पालना गर्न स्मरण गराएको छ ।

‘सार्वजनिक कार्यक्रममा आफ्ना धारणा राखेकै कारण नगर प्रमुख साम्पाङले महासङ्घका पूर्व सुनसरी अध्यक्ष केशव घिमिरेलाई नगरपालिकामा उपस्थित हुन सामाजिक सञ्जाल मार्फत आदेश दिने गर्नुभएको छ । फेसबुक मार्फत सार्वजनिक सामग्रीमा पनि उहाँले ‘घिमिरेलाई महासङ्घ मार्फत नै नगरपालिकामा झिकाई लगाएको आरोप पुष्टि गराउन भन्नुभएको छ ।, वक्तव्यमा भनिएको छ । उहाँले बुझ्नुपर्छ – नगरपालिका कसैको बयान लिने कार्यालय होइन । त्यहाँ गएर आरोप पुष्टि गर्नु आवश्यक छैन । देशमा कानुन छ र कानुनले सबैका भूमिकालाई निर्धारित गरिदिएको छ । ‘म नै राज्य हुँ’ भन्ने भ्रमबाट मुक्त हुन आग्रह गर्दै आदेशको शैली तत्काल बन्द गर्न र कानुनको पालना गर्न हामी नगर प्रमुखलाई स्मरण गराउँछौ ।’

‘फेसबुकबाट सार्वजनिक सामग्रीमा उहाँले पत्रकारहरूलाई शिक्षा दिन खोज्नुभएको छ । उहाँले सो सामग्रीमा ‘प्रेस स्वतन्त्रताको नाममा जथाभाबी आरोप लगाउने, कसैको चरित्र हत्या गर्ने, अपुष्ट समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने’ छुट कसैलाई नभएको उल्लेख गर्नुभएको छ, तर कुन सञ्चार माध्यममा प्रकाशित वा प्रसारित कुन समाचार मार्फत जथाभाबी आरोप लगाइएको छ वा चरित्र हत्या गरिएको छ, भ्रम सिर्जना गरिएको छ भन्ने प्रस्ट पार्नुभएको छैन’ वक्तव्यमा भनिएका छ ।

वक्तव्यमा कुनै समाचार वा मिडियामा आएको कुनै विषयमा चित्त नबुझे त्यसबारे आफ्ना प्रतिक्रिया वा विचार प्रक्रियागत रूपले राख्न पाउने अधिकार सबैसँग सुरक्षित छ । मिडियामाथि तथ्यहीन आरोप लगाउनु भन्दा तथ्यपरक रूपमा समाचारको खण्डन गर्न चुनौती दिन्छौँ, भनिएको छ ।

 मेयरको धम्कीले असुरक्षित भए पछि  मानव अधिकार आयोगमा उजुरी

 धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले पटक पटक फोन गरेर आफूलाई हैरान गरेपछि असुरक्षित महसुस गरी आफूले मानव अधिकार आयोगको कोशी प्रदेश कार्यालयमा उजुरी दिएको पत्रकार महासङ्घ सुनसरीको पूर्व अध्यक्ष केशव घिमिरेले बताउनु भएको छ । 

उहाँको उजुरीको विषयमा आयोगले सुरु गरेको अनुसन्धान कार्यमा सहयोग गर्न नेपाल पत्रकार महासङ्घ सुनसरीलाई पत्राचार गरेको छ । महासङ्घलाई पत्र प्राप्त भएपछि आज बिहीबार महासङ्घ कार्यालयमा छदपल गरि जवाफ पठाउने भएको छ । 

विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने क्रममा वैशाख २० गते पूर्व अध्यक्ष घिमिरेले व्यक्त गरेको विचारलाई लिएर मेयर साम्पाङले पहिलो पटक नगर प्रहरीलाई फोन गर्न लगाई ‘तपाईँले बोल्नु भएको बारेमा स्पष्टीकरण दिन मेयर साब समक्ष उपस्थित हुन’ खबर गर्नु भएको थियो । नगर प्रहरीलाई जवाफ दिए लगत्तै मेयर साम्पाङले फोन गरी ‘तपाई काठमाण्डौबाट फर्केपछि कार्यालयमा आउनु होला तपाई सँग केही कुरा बुझ्नु छ’ भन्नु भएको थियो ।  

घिमिरेका अनुसार त्यसपछि पनि कार्यालयमा उपस्थित हुन फोन गरे । पटक पटक फोन गरे ‘लगत्तै मेयर साम्पाङले फेसबुक पेजमा बयान दिन बोलाएको शैलीमा नगरपालिकामा हाजिर हुन उर्दी गरे जस्तो स्ट्याटस पढेपछि मानसिक यातना भोग्नुका साथै असुरक्षित महसुस गरेको बताउनु भएको छ । 

मेयरको स्ट्याटस र त्यसमा उनका समर्थकहरूको गलौजबाट नेपालको संविधानले प्रदान गरेको मौलिक हक, नागरिक तथा राजनैतिक अधिकार सम्बन्धी अनुबन्ध १९६६, मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ ले प्रदान गरेको भयरहित वातावरणमा सम्मानपूर्वक बाँच्न पाउने मानव अधिकारको हनन भएको जिकिर गर्दै घिमिरेले आयोगमा निवेदन दिएको आयोगले जनाएको छ । 


यस्तो छ महासंघको आन्दोलनका कार्यक्रम तथा विज्ञप्ति 

प्रेस विज्ञप्ति

१. पत्रकारहरू लोकतान्त्रिक व्यवस्था र स्वतन्त्रताका पहरेदारहरू हुन् । नागरिकहरूको स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनमा नेपाली पत्रकारहरूले खेलेको भूमिका कसैले बताइरहनु पर्दैन । राजनीतिक परिवर्तनका लागि देशमा भएको हरेक सङ्घर्ष र आन्दोलनमा नेपाली पत्रकारहरू अग्रपङ्क्तिमा उभिएका छन् जस्तोसुकै कठिन परिस्थितिमा पनि नेपाली प्रेसले आफूलाई अविचलित रूपमा उभ्याएको सर्वविदितै छ । सबै खाले निरङ्कुशताविरुद्ध नेपाली प्रेसले गरेको सम्झौताहीन सङ्घर्षकै कारण आज हामी गौरव गर्छौं र यही गौरवपूर्ण इतिहासको बलमा हाम्रो शिर उच्च छ । नेपाली प्रेसको यो गौरवपूर्ण इतिहासलाई कसैले ठट्टाको विषय बनाउँछ भने हाम्रा लागि कुनै पनि अर्थमा स्वीकार्य हुने छैन ।

राज्य वा सार्वजनिक पदमा बसेका व्यक्तिहरूले गरेका कमी कमजोरीलाई नागरिकसमक्ष पुयाएर प्रेसले राज्य र राज्यका निकायहरूलाई पारदर्शी बनाउन भूमिका खेल्ने गर्छ । त्यसैले कुनै पनि लोकतान्त्रिक व्यवस्थामा प्रेस स्वतन्त्रतालाई अपरिहार्य तत्त्व मानिन्छ । यसै कारणले गर्दा नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रतालाई प्रत्याभूत गरिएको छ । देशको संविधान र प्रचलित कानुनहरूका साथै पत्रकारिताका विश्वव्यापी सिद्धान्त, मूल्य९मान्यता र आचार संहिताको परिधिभित्र रहेर प्रेस स्वतन्त्रताको अभ्यास र उपभोग गर्न हामी पूर्ण प्रतिबद्ध छौं ।

२. धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई ९हर्क साम्पाङ० ले भने सामाजिक सन्जालको दुरुपयोग गर्दै र भेटमै पनि पत्रकार र सञ्चार माध्यमलक्षित अमर्यादित, अशोभनीय र गालीगलौजपूर्ण भाषाको प्रयोग तथा प्रेस स्वतन्त्रताविरोधी गतिविधि देखाइरहनुभएको छ । उहाँले शृङ्खलाबद्ध रूपमा पत्रकारलाई गरेका दुर्व्यवहार र उहाँका धम्कीपूर्ण अभिव्यक्तिले पत्रकारहरू असुरक्षित भएको ठहर गर्दै महासङ्घले यही वैशाख २३ गते उहाँलाई ध्यानाकर्षणपत्र बुझाएको थियो ।

नाकर्षणपत्रमा लेखिएको थियो ुपत्रकारहरूको सुरक्षा र पत्रकारिताको सम्बर्द्धन एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति स्थानीय सरकारको प्रतिबद्धता तीन दिनभित्र सार्वजनिक गर्न हामी नगर प्रमुखको ध्यानाकर्षण गराउँछौं ।ु साथै, पत्रकार र सञ्चार माध्यमलक्षित आफ्ना अमर्यादित र गालीगलौजपूर्ण अभिव्यक्ति फिर्ता लिई स्वतन्त्र प्रेसप्रति सम्मानव्यक्त गर्न आग्रह गर्दछौं । अन्यथा महासङ्घ चरणबद्ध आन्दोलनमा ओर्लन बाध्य हुने

पनि यसै ध्यानाकर्षण पत्रमार्फत् अवगत गराउँछौं ।ु महासङ्घले दिएको तीन दिनको समयसीमा हिजो ुवैशाख २७ु नै समाप्त भए पनि धरान नगर प्रमुख साम्पाङबाट आजसम्म औपचारिक रूपमा कुनै प्रतिबद्धता प्राप्त नभएको जानकारी गराउँछौं । आफूले पत्रकारहरूलाई लक्षित गरेर सार्वजनिक रूपमा दिएका आपत्तिजनक र अशिष्ट भाषा पनि उहाँले फिर्ता लिनुभएको छैन । उहाँले प्रयोग गर्ने उहाँको आधिकारिक फेसबुक आईडी ुज्बचपब क्बmउबलन ब् च्भखयगितष्यल ु बाट भने एउटा सामग्री बाहिरिएको छ । त्यसमा न कसैलाई सम्बोधन गरिएको छ, न त कुनै शीर्षक नै छ । पेटबोलीको सन्दर्भबाट भने पत्रकार महासङ्घकै ध्यानाकर्षणपत्रको जवाफ हो कि भन्ने अनुमान गर्न सकिन्छ । यसबाट पनि विधि र प्रक्रियाप्रति उहाँको उपेक्षा भाव वा अज्ञानता प्रष्ट हुन्छ । महासङ्घले संस्थागत रूपमा उहाँको कार्यालयमै गएर बुझाएको ध्यानाकर्षणपत्रको जवाफ प्रक्रियागत रूपमा दिन आवश्यक नठान्नुलाई महासङ्घप्रति उहाँले गरेको उपेक्षाको अर्थमा लिएका छौं ।

३.फेसबुकबाट सार्वजनिक सामग्रीमा उहाँले पत्रकारहरूलाई शिक्षा दिन खोज्नुभएको छ । उहाँले सो सामग्रीमा प्रेस स्वतन्त्रताको नाममा जथाभावी आरोप लगाउने, कसैको चरित्र हत्या गर्ने, अपुष्ट समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने छुट कसैलाई नभएको उल्लेख गर्नुभएको छ, तर कुन सञ्चार माध्यममा प्रकाशित वा प्रसारित कुन समाचारमार्फत् जथाभावी आरोप लगाइएको छ वा चरित्र हत्या गरिएको छ वा भ्रम सिर्जना गरिएको छ भन्ने प्रष्ट पार्नुभएको छैन । कुनै समाचार वा मिडियामा आएको कुनै विषयमा चित्त नबुझे त्यसबारे आफ्ना प्रतिक्रिया वा विचार प्रक्रियागत रूपले राख्न पाउने अधिकार सबैसँग सुरक्षित छ । मिडियामाथि तथ्यहीन आरोप लगाउनुभन्दा तथ्यपरक रूपमा समाचारको खण्डन गर्न चुनौती दिन्छौं ।

४. हामी कानुनको शासन तथा विधि र प्रक्रियामा विश्वास गछौं । नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुरक्षित गरेको छ । नगर प्रमुख साम्पाङले भने सार्वजनिक कार्यक्रममा आफ्ना धारणा राखेकै कारण महासङ्घका पूर्व सुनसरी अध्यक्ष केशव घिमिरेलाई नगरपालिकामा उपस्थित हुन सामाजिक सन्जालमार्फत् आदेश दिने गर्नुभएको छ । फेसबुकमार्फत् सार्वजनिक सामग्रीमा पनि उहाँले घिमिरेलाई महासङ्घमार्फत् नै नगरपालिकामा झिकाई लगाएको आरोप पुष्टि गराउनु भन्नुभएको छ । उहाँले बुझ्नुपर्छ नगरपालिका कसैको बयान लिने कार्यालय होइन । त्यहाँ गएर आरोप पुष्टि गर्नु आवश्यक छैन । देशमा कानुन छ र कानुनले सबैका भूमिकालाई निर्धारित गरिदिएको छ । ुम नै राज्य हुँु भन्ने भ्रमबाट मुक्त हुन आग्रह गर्दै आदेशको शैली तत्काल बन्द गर्न र कानुनको पालना गर्न हामी नगर प्रमुखलाई स्मरण

५. लोकतन्त्रमा स्थायी प्रतिपक्ष मानिने प्रेसले आलोचनात्मक टिप्पणी गर्ने आफ्नो धर्म निर्वाह गर्दा त्यसलाई विरोधको अर्थमा बुझिनु गलत हो। उहाँको शैली र कार्य कुनै पनि सभ्य समाजका लागि लज्जाको विषय हो। उहाँकै कारणले गर्दा पत्रकारहरूले असुरक्षित महसुस गर्नुपर्ने अवस्था सिर्जना भएको छ । सञ्चार ऐन बनाएर स्वतन्त्र पत्रकारिताको रक्षा गर्नु स्थानीय सरकारको दायित्व हो, तर सरकार प्रमुखं आफैं स्वतन्त्र प्रेसविरोधी देखिनु दुर्भाग्यपूर्ण भएको हामीले ठहर गरेका छौं ।

६. तसर्थ, नगर प्रमुख साम्पाङको फेसबुकबाट आएको सामग्री धरान प्रेस स्वतन्त्रताप्रति उपमहानगरपालिकाको प्रतिबद्धता होइन । पत्रकारहरूको सुरक्षा र पत्रकारिताको सम्बर्द्धन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति स्थानीय सरकारको प्रतिबद्धता पनि होइन । कार्यपालिकाबाट नीतिगत निर्णय भई प्रेस स्वतन्त्रता संरक्षणका लागि स्थानीय सरकारको सञ्चार ऐन, नियमावली, निर्देशिका निर्माण गर्ने पूर्ण प्रतिबद्धता नआएसम्म आन्दोलनका कार्यक्रमहरू अघि बढाउने निर्णय कार्यसमितिले गरेको जानकारी गराउँदछौं ।

पहिलो चरणका कार्यक्रमहरू: 

१. वैशाख २८ गते बिहीबार प्रेस विज्ञप्ति जारी गर्ने

२. वैशाख २९ गते शुक्रबार जिल्ला प्रशासन कार्यालयमार्फत् गृह मन्त्रालयसमक्ष ज्ञापनपत्र बुझाउने

३. वैशाख ३० गते शनिवार सुनसरीबाट प्रकाशित पत्रिका र अनलाइन पोर्टलहरूमा एउटै नारा प्रकाशन र प्रसारण गर्न आग्रह गर्ने

४.  वैशाख ३१ गते आइतबार सुनसरीका पत्रकारहरूले एउटै नारा फेसबुक स्टाटसमा लेख्ने

५. जेठ १ गते धरानमा मौन जुलुस प्रदर्शन गर्ने

६. जेठ २ गते धरानमै पूर्व नगर प्रमुखहरूसँग अन्तरक्रिया गर्ने