धरान । धरान उमपहानगरपालिकाका मेयर हकं साम्पाङलाई नेपाल पत्रकार महासंघ सुनसरीले तीन दिनको अल्टिमेटमसहित ध्यानाकर्षण पत्र आइतबार वुझाएको छ । 

मेयरको कार्यालयमा नै पुगेर महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले धरानका पत्रकार र सञ्चारमाध्यमहरुलाई अमर्यादित र गालीगलौजपूर्ण अभिव्यक्ति फिर्ता लिन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो । 

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘मेयर साम्पाङको अमर्यादित अभिव्यक्ति फिर्ता र  प्रेस स्वतन्त्रताप्रतिको लिखित धारणा तीन दिनभित्र नआएको खण्डमा मेयर विरुद्ध सम्पुर्ण पत्रकार आन्दोलित हुने छौ ।’ ध्यानाकर्षण पत्र बुझेपछि मेयर साम्पाङले दुई दिनभित्र आफ्नो धारणा सार्वजनिक गर्ने बताउनु भएको छ । 

 महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, महासंघका केन्द्रिय सदस्य अमर खड्का, पूर्व केन्द्रिय सदस्य किशोरकुमार कार्की र पूर्व केन्द्रिय उपाध्यक्ष हर्ष सुब्बा, पूर्व अध्यक्ष राजेश विद्राेहीलगायतले ध्यानाकर्षणपत्र नगर प्रमुख साम्पाङलाई बुझाउनु भएको थियो । 

मेयर साम्पाङले आफ्नो सामाजिक सन्जाल मार्फत धरानका पत्रकारलाई तथा सन्चारगृहलाई अमार्यदित शब्द प्रयोग गर्दै आउनु भएकाे छ  ।  मेयर हर्क साम्पाङले सञ्चारकर्मीहरुलाई प्रयोग गरेको् ‘झोले पत्रकार’ शब्द प्रति महासंघको ध्यानाकर्षण वुझाउँदै सो शव्द फिर्ता लिन आग्रह पनि गरेको छ ।

विश्व प्रेस स्वतन्त्र दिवसका दिन महासंघ सुनसरीका पूर्व अध्यक्ष केशव घिमिरेले सार्वजनिक कार्यक्रममा वोलको विषयमा लिएर पनि मेयर साम्पाङले अमर्यादित शव्द प्रयोग गर्दै आइरहनु भएकाे छ । फेसबुकमार्फत अपशब्द प्रयोग गरेपछि साम्पाङको व्यवहारप्रति पत्रकारहरुले सच्याउन ध्यानाकर्षण गराएका हुन् ।  केही दिन अघि महास‌घकाे बैठक बसी  मेयरकाे पत्रकारमाथि गरिएकाे व्यवहारप्रति  पत्रकार महास‌घ प्रदेश समिति केन्द्रीय समिति र काेशी प्रदेशका  १४ वटै जिल्ला शाखाहरुलाई अवगत गराएकाे छ ।