• मनोजकुमार मेन्याङबो


आज सवै हामी धरानेहरुको चिन्ताको बिषय बनेको छ । मेरो विचारम़ा हामीले खुट्याउन नसकेको कुरा य़ो हो जस्तो लाग्छ । धरानका मेयर हर्क साम्पाङ्गले जनसहभागिताम़ा संचालन गरि रहनु भएको कोकाहा खानेपानी आयोजना मेयर साम्पाङ्गले संचालन गर्नु भएको हो की । अभियन्ता साम्पाङ्गले वा धरान खानेपानी बोर्डका सदस्य हर्क साम्पाङले मलाई लाग्छ यी कुरामा हामी स्पस्ट हुन जरुरी हुन्छ ।  मेरो विचारमा यदि ‘अभियन्ता साम्पाङ्ग’ले गर्नु भएको हो भने मलाई भन्न केहि छैन । होइन ‘मेयर साम्पाङ्ग’ले गर्नु भएको हो भने उपमहानगरलिकाको नीति तथा कार्यक्रमम़ा ल्याउनु पर्छ । नीति तथा कार्यक्रमम़ा पार्न नसकिएको भए कार्येपालिका बैठकद्वारा अनुमोदन गराएर कार्यक्रमलाई नियमित गराउनु पर्थियो । 

तर यी दुवै प्रक्रियाहरु पुरा गरेको देखिन्दैन । यस्तो अवस्थामा वडा अदक्ष्य तथा कार्यपालिका सदस्यहरुले असहयोग गरे भन्ने प्रचार बाजी गरेर अरुलाई विवादमा ल्याएर आफु ओभानो भएको भ्रम छर्न हालसम्म हर्क सफल देखिनु भएको  छ । मेयरका यी भ्रम चिर्न वडा अध्यक्षहरु हालसम्म असक्क्षम देखिन्छन । यदि कार्यपालिका सदस्यहरुलाई पनि जवाफदेही बनाउने हो भने, कोकाहा खानेपानी आयोजनालाई कानुनी र व्यवहारिक रुपमा नियमित गराएर सरकारी आर्थिक नियमानुसार मात्र बैंक खाता खोलेर चेक र खर्च भौचर भरेर मात्र आम्दानी तथा खर्च गर्न सकिन्छ । यी कुनै पनि कानुनी प्रक्रिया पुरा नगरी हर्क साम्पाङ्गले आफुखुशी संचालन गरिएको योजनामा कार्यपालिका सदस्य तथा वडाध्यक्षहरुहरुलाई कसरी जबर्जस्ति जवाफदेही बनाउन सकिन्छ ? त्यसैले यो आयोजनालाई पहिला ऐन नियम र कानुन अनुसार नियमित गराउन जरुरी हुन्छ । अन्यथा कसैलाई दोष नथोपारिकन अभियन्ता हर्क 

साम्पाङ्गद्वारा संचालित आयोजना घोषणा गरि आयोजनाको सम्पूर्ण जिम्मेवारी र जवाफदेहिता आफै लिएर जानु पर्ने हुन्छ । मेरो विचारमा कसैलाई दोसारोपण र गालिगलोज गरेर धरानको सामाजिक, राजनीतिक तथा जातीय सद्भाव भड्काएर द्वन्द्वको अवस्था सृर्जना गर्नु सर्वथा गलत हुनेछ । कुनै पक्षबाट पनि यस्तो हर्कत नहोस् । सम्पूर्ण नगरवासीको येही अपेक्षा रहने छ । (धरान उपमहानगरपालिकका पूर्व मेयर मनोजकुमार मेन्याङबोको फेसबुक वालबाट । उहाँको पालामा धरानलाई जनसभागतिाको नमुना शहर र श्रमदानबाट घण्टाघर निर्माण गरिएको थियो ।)