धरान । धरान उपमहानगरपालिका वडा नम्बर –१५ की सुकुम्वासी दिल कुमारी राईले वडाका वडाध्यक्ष नरेश कुमार इवारमले हस्ताक्षर गरेको अस्थायी निस्सा आइतबार प्राप्त गर्नु भयो ।

IMG_20230507_113155_1

६८ वर्षिया राईले निस्सा प्राप्त गरेपछि उहाँको मुहारमा खुशी देखिएको थियो । वर्षौदेखि वसोवास गर्दै आएको लगभग १ कठ्ठाको जग्गाको अव भने लाल पुर्जा पाउँछु् भन्ने कुराले उहाको मुहारमा खुशी र आशा पलाएको हो ।

IMG_20230507_112831

उहाँ जस्तै २०५१ सालदेखि वसोवास गर्दै आउनु भएका प्रेम कुमार श्रेष्ठ पनि खुशीले दंग हुनु हुन्छ ।

स्थानीय सरकारले नै आफुलाई लाल पुर्जा प्राप्तको लागि अस्थायी निस्सा पाएपछि खुशीले गद्गद हुँदै भन्नु भयो,‘वर्षाैदेखिको लाल पुर्जा पाउने सपना अव पुरा होला की भन्ने लाग्नु थालेको छ,किन की स्थानीय सरकारले घर नम्वर पनि दियो,फेरी निस्सा दिएपछि अव वसोवास गरेको जग्गाको पनि लाल पुर्जा पाउने भएपछि त साँच्चै नगरवासी हुने आसा पुर्ण पलाएको छ।’

IMG_20230507_112444_1

त्यसैगरि धरान –१५ कै राम चन्द्र वुढाथोकी पनि आफ्नो सक्कल नागरिकता र घर धुरीको राजस्व वुझाएको रसिद सहित वडा कार्यालयले वितरण गर्ने निस्साको लागि वडाको आधारभुत स्वास्थ्य केन्द्रमा विहान १० वजे पुग्नु भएको थियो ।

वडाका वडाध्यक्ष र सदस्यहरु सहित कर्मचारीको उपस्थितमा आफुले वसोवास गरेको जग्गाको निस्सा पाएपछि वडाध्यक्षलाई अव लालपुर्जा  चाँडै  मिलाइदिनु हुन आग्रह गर्नु भएको छ ।

IMG_20230507_113508

वडाध्यक्ष इवारमले उपस्थित भुमिहीन र सुकुम्वासीलाई संवोधन  गर्दै नेपालको संविधान २०७२ ले दिएको अधिकारलाई प्रयोग गरेर स्थानीय सरकारले भुमिहीन र सुकुम्वासीको लागि अस्थायी पुर्जा निस्सा विरतण गरेको हो,तपाईहरुले पहिलो चरणको लाल पुर्जा पाउनु भएको छ,अव फेरी स्थायी लाल पुर्जा यहीँ निस्साको आधार पाउने भएको हुँदा सुरक्षित रुपले राख्न आग्रह गर्नु भएको छ ।

IMG_20230507_112444_1 (1)

उहाँले भन्नु भयो,हामो वडाका भुमिहीन सुकुम्वासीलाई आज(आइतवार)देखि निस्सा वितरण शुरु गरेका छौ,तपाईहरुले आफनो सक्कल नागरिकता र घर नम्वर सहित कर तिरेको रसिद लिएर अनिवार्य आउनु होला।’

धरान वडा नम्बर १५ ले आइतवारदेखि भुमिहीन सुकुम्वासीको लागि अस्थायी निस्सा वितरण शुरु गरेको छ । निस्सा वितरणको शुरुवात वडाध्यक्ष नरेश कुमार इवारमले निस्सा फराममा हस्ताक्षर गरेर शुरुवात गर्नु भएको थियो ।

IMG_20230507_113504 (1)

सो कार्यक्रममा कार्यपालिका सदस्य सिर्जना नेपाल,वडा सदस्य बादल भट्टराई,रंगलाल गिरी र धरान उपमहानगरपालिका अन्र्तगत रहेको राष्ट्रिय भुमि आयोगको सदस्य  एवम् सुकुम्वासी अभियान्ता राम कुमार राईको उपस्थितीमा वडाका भुमिहीन र सुकुम्वासीलाई निस्सा वितरण शुरु गरिएको हो ।  

  २७ हजार हाराहारीमा जनसंख्या भएका धरान उपमहानगरमा धरानमा १३ हजार भन्दा बढि सुकुम्वासीहरुको बसोवास छ । निस्सा वितरणका लागि उपमहानगरले ७ हजार बढीको तथ्याङ्क संकलन गरेको छ । 

१५ नं वडामा भने २६८ घर भूमीहिनको सूचिमा रहेका छन । दलित भूमीहिनको संख्या ११६ र ९ सय घरपरिवार अव्यवस्थित बसोवास भित्र परेको वडाको तथ्याङ्कमा उल्लेख छ ।

राष्ट्रिय भुमि आयोग धरान उपमहानगरपालिकाको सदस्य एवम् भुमि अभियान्ता राम कुमार राईले निस्सा वितरणको कार्यले स्थायी वसोवासको लागि बाटो खुलकेो वताउनु भयो ।

उहाँले भन्नु भयो,‘सरकारले सुनसरीको कोशी गाउँपालिकामा यसरी नै प्रक्रिया पुर्याएर सुकुम्वासीलाई लालपुर्जा दिएको छ,अव धरानमा पनि लालपुर्जा वितरणको लागि नै निस्सा वितरण शुरु गरिएको हो।’