• रणध्वज लोहार

धरान / एसईई दिएर बस्नु भएकी धरानकी प्रिया कोयू राई फुर्सदको समय कसरी सदुपयोग गर्ने होला भनेर चिन्तामा हुनु हुन्थ्यो । खाली समयको सदुपयोग गर्नका लागि कर्हीँ कतै केही सीप आर्जन गर्न सकियोस भन्ने लागेको थियो । नभन्दैं धरान वास्केटवल संघले आयोजना गरेको बास्केटवल प्रशिक्षण हुदैं गरेको थाहा पाउनु भयो । ट्रनिङमा सहभागि हुने अवसर  पाएपछि उहाँ यति बेला विहानको समय व्यस्त हुनु हुन्छ । समयको सदुपयोग अनि शारिरीक व्यायाम दुवै हुने भएपछि मख्खसमेत हुनु भएको छ । 

संघले बास्केटवल ट्यालेन्ट हण्ट ट्रनिङ धरान–१६ स्थित कवर्ड हलमा संचालन गरेपछि उहाँ आज भोली विहान झिमिसेमा आँखा मिच्दैं पुग्नु हुन्छ । त्यस्तै डिपोट माविमा कक्षा १०मा अध्ययनरत धरान –१५ का रिकेशजंग कार्कीको पनि विहान सवेरै उठ्ने वानी परेको छ । अरु वेला विहान ७ बजेसम्म सुत्ने कार्की आजभोली विहान सात बजे बास्केटवल सिकेर घर आइपुग्नु हुन्छ । वास्केटवल ट्रेनिक शुरु भएदेखि विहान ५ वजे उठ्नु कार्कीको दैनिकी नै बनेको छ । कार्कीलाई वास्केटवल प्रतिको रुची पनि वढ्दै गएको र भावी दिनमा नियमित रुपमा अभ्यास गरेर वास्केटवलको कोच वन्ने पनि रहर वढ्न थालेको उहाँ बताउनु हुन्छ । 

राई र कार्की जस्ता अरु पनि एसइैई दिएका र विद्यालय जादैं गरेका बालबालिका वास्केटवल प्रशिक्षणमा सहभागि छन् । सवै वालवालिका ट्रनिङको सयम तालिका अनुसार आउँछन् र विहान ८ वजे फर्किने गरेका छन् । ५० जना भन्दा वढी वालवालिका धरान उपमहानगरपालिकाको सहयोग र धरान वास्केटवल संघको आयोजनामा संचालन भइरहेको तीन हप्ते वास्केटवल प्रशिक्षणमा सहभागी छन् । 

सहभागीहरुलाइ राष्ट्रिय प्रशिक्षक विकाश चाम्लिङ राई, प्रदेश १ बास्केटबल टिम क्याप्टेन बिबेक श्रेष्ठ, राष्ट्रिय खेलाडी डा.आशा राई, युगल लिम्बू, दिवस राई, सुसन श्रेष्ठलगायतले नियमित प्रशिक्षण दिदै आउनु भएको छ । संघले विगत १२ बर्षदेखि प्रशिक्षण दिदैं आएको छ । राष्ट्रिय खेलाडी तथा १३ औं सागको सिल्भर मेडल विजेता डा. आशा राई, हेमन्त राई, राष्टिय खेलाडी बैभव योगी, तविन मगर, तनु राई, सीतल तामाङ, जियालिसा श्रेष्ठ, विवेक श्रेष्ठ, रवि वास्फोरलगायत यही प्रशिक्षणबाट उत्पादन भएका खेलाडीहरु हुन । उनीहरु जिल्ला, प्रदेश र राष्ट्रिय टिमबाट खेलिरहनु भएको छ । 

वास्केटवलका राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ राईले वैशाख ३० गतेसम्म ट्रेनिङ संचालन हुने वताउनु भयो । ‘विशेष गरि एसईई दिएर वसेका विद्यार्थीलाई लक्षित गरेर वास्केटवल प्रशिक्षणको आयोजना गरिएको हो, तर हामीले धरानका विभिन्न स्कुलका विद्यार्थीलाई पनि अवसर दिइरहेका छौ ।’, उहाँले भन्नु भयो, ‘तालिम प्रभावकारी रुपमा संचालन भइरहेको छ ।’ हरेक वर्ष गरिने वास्केटबल तालिमले वास्केटवल प्रति विद्यार्थीहरुको रुचीलाई वढाउँदै गए पनि वास्केटवल प्रति सरोकारवाला निकाय र सरकारले वेवास्ता गरेको प्रशिक्षक राईको गुनासो छ । धरानमा केवल फुटवल मात्रै होइन, वर्षेनी लाखौ रकम फुटवलको लागि भनेर खर्च हुने गरेको छ तर अन्य खेल विधालाई पनि लगानी वढाउनु पर्छ अनि मात्रै धरानको समग्र  खेलकुदको विकास हुने राईको भनाई छ । ट्यालेन्ट हन्टमा सहभागी जनाएका उत्कृष्ट विद्यार्थीहरुलाई विद्यार्थीको इच्छा अनुसार धरानको विभिन्न कलेजमा छात्रवृत्ति र स्कुलमा उत्कृष्ट प्रशिक्षार्थीलाई कोचको  लागि सिफारिस गरिदैं आएको सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले जानकारी दिनु भयो । हरेक वर्ष संघ मार्फत वास्केटवल ट्रनिङमा सहभागि  हुने उत्कृष्ट हुने प्रशिक्षार्थीलाई छात्रवृति सहितको व्यवस्था गर्दै आएको हो । विद्यालयहरसँग संघले समन्वय गरेर जेहेन्दार र बास्केटवलमा रुचि राख्ने विद्यार्थीहरुलाई छात्रवृत्ति व्यवस्था गदैं आएको छ । 

हालसम्म ८ औं ट्यालेन्ट हन्टको संस्करणमा आइपुग्दा २ सय खेलाडीहरु प्रशिक्षित भएका छन् । धरानका विभिन्न विद्यालयहरुमा  एक सय जना भन्दा बढि खेलाडीहरु निशुल्क छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाइरहेका छन् । 

संघका अनुसार धरानको मेघा हिमालयन कलेज, धरान उच्च मावि, डिपोट कलेजलगायतमा खेलाडीहरुले २५ प्रतिशतदेखि सय प्रतिशत नै छात्रवृत्तिमा उच्च शिक्षा अध्ययनको अवसरमा पाउदैं आएको प्रशिक्षक राईले बताउनु भयो ।

बास्केटवलमा मोफसल उपेक्षामा 

traning

बास्केटबल खेलमा मोफसलका खेलाडीहरु सधै उपेक्षामा पर्ने गरेको नेपाल बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामा बताउँउनु हुन्छ ।  धरानमा ६÷७ जना राष्ट्रिय खेलाडी उत्पादन भए पनि काठमाडौंको उपेक्षाले उनीहरु राष्ट्रिय टोलीमा सहभागी हुन नपाइएको उहाँको भनाई छ । गत बर्ष भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) तयारीमा भने बन्द प्रशिक्षण धरानमा भएका कारण धरानका ४  खेलाडीले पनि अवसर पाएका थिए ।  पुरुषतर्फ धरानका खेलाडी नवीन राई, महिला तर्फ डा. आशा राई,  लियालिसा श्रेष्ठ र तनु राई पनि महिला टोलीको बन्द प्रशिक्षणमा सामेल हुने मौका पाउनु भएको् थियो ।   

राखेपले निर्माण गरेको सेमी कवर्ड हलमा धरान उपमहानगरपालिकाको खेलकुद विकास समितिले करिव २० लाख लगानी गरेर उत्कृष्ट बास्केटवल कोर्ट बनाइ दिए पछि धरानले बास्केटवलको राष्ट्रिय टोलीको बन्द प्रशिक्षण गराउने मौका पाएको हो । त्यही कोटमा संघले यति बेला प्रशिक्षण दिइरहेको छ । 

धरानमा बास्केटवलको इतिहास 

२०११ सालमा धरानमा रहेको व्रिटिस कयाम्प(हाल पोखरा सरेको छ)बाट नेपालमा बास्केटवल भित्रिएको नेपाल बास्केटवल संघका तत्कालिन केन्द्रीय अध्यक्ष टेन्डीलामा शर्पाले एउटा कार्यक्रममा बोलनु भएको थियो । धरानबाट राजधानी भित्रीएकाहरुले काठमाण्डौमा बास्केटवल खेल भित्राएको उहाँको दावी थियो । 

बास्केटवल शुरुवात हुने स्थान धरानलाई केन्द्रले भने अहिलेसम्म चिनेको छैन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता हुदा धरानले थाहा पाउदैन् । धरानले मात्र होइन पूर्वमा कुनै खेलाडीले राजधानीको प्रतियोगिताहरुमा सूचना नपुग्ने गरेको प्रशिक्षक विकास चाम्लिङ राई बताउँनु हुन्छ ।  

२०६६ सालमा करारमा बास्केटल प्रशिक्षक नियुत्ति भएदेखि उनले धरान तथा पूर्वका ठूला शहरहरुमा बास्केटवल प्रशिक्षण दिदै आउँनु भएको छ ।  ‘यो अवधीमा ४/५ सयले बास्केटल प्रशिक्षण लिए तर राष्ट्रिय खेलमा अवसर भने एकादुईले त्यो पनि मुस्किलले पाएकाछन् ।’–प्रशिक्षक राईले भन्नु भयो । राष्ट्रिय खेलकुद परिषद्ले नेपालमा ५ जना प्रशिक्षकहरु राखेको छ । ४ जना काठमाण्डौमै छन् । प्रशिक्षक एउटा पूर्वलाई दिएको छ तर सार्वजनिकस्थलमा बास्केटल कोट छैन् । सरकारी स्तरमा कोट बनाउन कुनै पहल नभए पछि धरानमा स्थानीय सरकारलेबनाएको कवर्ड हललाई बासकेटवल कोर्टका रुपमा प्रयोग गरिदैं आएको छ । डिपोट उच्च मावि धरान–१८ मा जिल्ला बास्केटल संघ र प्रशिक्षक राईको सकृयतामा अन्तर्राष्ट्रिय मापदण्डको कोट निर्माण गरिएको छ । ७ औ साफ गेमसमेत यही कोटमा खेलाईएको थियो । 

काठमाण्डौले मोफसललाई विर्सिए पनि धरानमा नियमित प्रशिक्षण तथा प्रतियोगिताहरु भने हुदै आएका छन् । १५ बर्षदेखि राईले नियमित प्रशिक्षण गराउदै आउनु भएको छ । हिमालयन मेधा कलेजलेबनाएको खेलमैदानमा उहाँले खेलप्रति जागरुक हुनेलाई नियमित निशुल्क प्रशिक्षण गराउँदैं आउनु भएको छ । एक हजार भन्दा बढीले प्रशिक्षण लिए तर यहाँ सिकेका खेलाडीहरुले त्यही खेलमा करिअर बनाउन भने पाएनन् ।। खेल्ले वातावरण तथा अवसर नहुँखा स्वास्थ्यका लागि खेल भन्ने गरेका छन् । 

अवसर नभए पछि नारा फेरियो

basketball_trainingराष्ट्रिय प्रतितियोगिताहरुमा मोफसललाई कुनै खवर आउन छाडे पछि प्रशिक्षक राईले खेलको नारा फेरेका छन् । पहिले प्रशिक्षण दिदा व्यवसायीक खेलाडी बन्नु पर्छ भनेर मरिहत्ते गरेर प्रशिक्षण दिने गरेका थिए । यति बेला भने ‘ अुनसासन, शिक्षा, स्वास्थ्य त्यस पछि वास्केटवल’ भनेर प्रशिक्र्षाीहरुलाई भन्ने गर्नु भएको छ । पहिलो कुरा अनुसासित हुन खेल, दोश्रो शिक्षा तथा स्वास्थ्य र तेश्रोमा मात्र व्यवसायिक खेललाई प्राथमिकतामा राखेर प्रशिक्षण दिने गरेको प्रशिक्षक राई बताउनु हुन्छ ।  ‘व्यवसायिक खेलाडी बन भन्यो तर खेल्ले अवसरनै पाउदैनन् । त्यही भएर स्वस्थ्य बन्नलाई खेल भन्ने गरेको छु ।’–प्रशिक्षक राईले भन्नु भयो । 

काठमाण्डौमा खेल्ने भन्दा अव्वल खेलाडी यहाँ उत्पादन भए पनि काठमाण्डौले खवर नगर्दा उनीहरुले आफ्नो क्षमता प्रर्दशन गर्न नपाएको नेपाल बास्केटवल संघका सुनसरी अध्यक्ष सुवेदी बताउनु हुन्छ । विद्यालयहरुमा बास्केटवललाई प्रथामिकता

बास्केटवलको शुरुवात नै धरानबाट भए पनि बासकेटल यतिबेला काठमाण्डौ हावी भएको सुनसरी वास्केटल संघका अध्यक्ष सुवेदी बताउँनु हुन्छ । पूर्वमा धरानमा  बास्केटलमा खेलाडी उत्पादनलाई ध्यान दिएर विद्यालयहरुले प्राथमिकतामा राखेका छन् । हिमालयन मेघा कलेज, एम्स् एकेडेमी, केके इन्टरनेसनल स्कुललगायतले प्रशिक्षक राखेर बास्केटवल खेललाई प्राथमिकता दिएका छन् । धरानमा उत्पादन भएका खेलाडीहरुले व्यवसायी खेल खेल्न नपाए पनि स्कुलहरुमा प्रशिक्षण दिन पाएका छन् ।