हङकङ । सातौँ गोर्खा ट्रेल ब्लेजर रनको तयारी तीव्र भइरहेका बेला आयोजक टोलीले सहभागी धावक–धाविकाको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै ट्रेलको रुट निरीक्षण गरेको छ। गोर्खा ब्लड हङकङको संयोजनमा आइतबार १२ किलोमिटर र ३० किलोमिटर दुबै दौडका रुटहरू विस्तृत रूपमा चेक गरिएका हुन्।

आयाेजक मध्यका सस्थापक देवराज राईक्का अनुसार पूर्व गोर्खा सैनिकहरूको सम्मानमा गोर्खा सिमेट्री ट्रष्ट हङकङले हरेक वर्ष आयोजना गर्दै आएको ‘गोर्खा ट्रेल ब्लेजर रन’ यस वर्ष जनवरी ३१ मा सम्पन्न हुने भएको छ। सातौँ संस्करणमा नेपालका गत वर्षका विजेता महिला तथा पुरुष एथ्लेटसहित विश्वभरका धावक–धाविकाहरूले प्रतिस्पर्धा गर्नेछन्।

आयोजकका अनुसार यस पटक दुई दर्जनभन्दा बढी देशका धावकहरू हङकङ आइपुगेर प्रतिस्पर्धामा उत्रिने तयारीमा छन्। गोर्खा समुदायको साहस, योगदान र इतिहासप्रतिको सम्मानस्वरूप आयोजना हुँदै आएको यो दौड हङकङमा ट्रेल रनिङ क्षेत्रमै महत्वपूर्ण प्रतिष्ठा बनाउन सफल भएको छ।

कार्यक्रम सफल बनाउन आयोजकले सबै धावक–धाविका, गोर्खा समुदाय र खेलप्रेमीहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।

FB_IMG_1764568477909