धरान / नौलो पथ ब्याडमिन्टन क्लब, धरान–१५, सुनसरीले स्थानीय स्तरमा ब्याडमिन्टन प्रतियोगिता आयोजन ागर्ने भएको छ । आगामी मंसिर १८ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धरान क्षेत्रमा विभिन्न क्लवहरुमा आवद्ध वी र सी लेभलका खेलाडहिरुविच प्रतिस्पर्धा गराइने सोमबार आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । मेन्स डबल यु–१३ सिंगल गरी दुई विधामा हुने क्लबले जनाएको छ ।
क्लवका अध्यक्ष दीपेन्द्रप्रकास पराजुलीका अनुसार तीन दिनसम्म हुने प्रतियोगितामा बी लेभलतर्फ विजेताले नगद २० हजार, दोस्रोले १० हजार पाँच सय र तेस्रो हुने दुई टिमले जनही नगद पाँच पाँच हजार रुपैयाँसहित मेडल तथा प्रमाण पत्र पाउने छन् ।
यस्तै अन्डर १३ तर्फ प्रथमलाई जनही ५ हजार, दोस्रोलाई जनही तीन हजार र तेस्रो हुने दुईजनालाई जनही १५ सय रुपैयाँका दरले ट्रफी र प्रमाण पत्र प्रदान गरिने छन् । धरानका सबै खेलमैदानमा खेल्ने खेलाडीहरुको प्रतिनीधि राखेर आयोजकले नै टिम तयार गर्ने प्रतियोगिताका संयोजक सुमन मगरले जानकारी दिन ुभयो । अन्डर १३ तर्फ भने उमेर खुल्ने कागजात देखाई प्रवेशको अनुमति लिनुपर्ने उनले बताउनु भयो ।
स्थानीय स्तरका खेलाडीहरुलाई प्रोत्सोहान गर्न खेलाइने मैत्रीपूर्ण खेलमा ग्रेडिङमा परेका राष्ट्रिय र क्षेत्रीय खेलाडीहरुलाई भने प्रवेश नदिएको संयोजक मगरले जानकारी दिनु भएको छ ।
स्थानीय सहयोगदाता र खेलाडीहरुबाट सहयोग उठाएर प्रतियोगिता सम्पन्न गर्न लागिएको क्लवका कोषाध्यक्ष मनिस मगरले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।
क्लवले बनाएको आचारसंहिता उल्लङ्घन गरेमा पहिलो कार्ड–रू ५००, रेड कार्ड रू. १,००० र ब्लक कार्ड रू. २,००० जरिवाना लाग्ने व्यवस्था गरिएको क्लबले जनाएको छ । प्रतियोगिताको सहसंयोजकमा देवेन्द् खड्का रहनु भएको छ भने प्राविधिक सहयोग सुनसरी जिल्ला ब्याडमिन्टन संघ रहेको आयोजकले जनाएको छ ।



















