धरान  /  एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुका लागि लक्षित गरेर ७ औं ट्यालेन्ट हन्ट बास्केटवल ट्रेनिङ्ग क्याम्प धरानमा शुरु भएको छ ।

धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा आइतबारदेखि मेघा कलेजको खेल मैदानमा  क्याम्प शुरु भएको हो । क्याम्पमा एसइर्इ दिएर बसेका विद्यार्थीसंगै कक्षा १० मुनिका विद्यार्थी, प्लस टुका विद्यार्थी र व्याचलर लेभलका गरि ५० जना भन्दा बढी सहभागिता रहेको जिल्ला बास्टेकवल संघका अध्यक्ष नारायण सुवेदीले जानकारी दिनु भयो । 

बास्केटवल खेलको विकाससंगै उदयीमान खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले क्याम्प आयोजना गरिएको हो । क्याम्पमा सहभागी एसइर्इ दिएका विद्यार्थी मध्येबाट प्रतिभावान खेलाडीहरुलाई धरानको विभिन्न कलेजमा कक्षा ११ मा छात्रवृतिmका लागि सिफारिस गरिने प्रदेश १ का बास्केटवलका मुख्य प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी दिनु भयो । ती विद्यार्थीहरुलाई धरान मेघा कलेज, एम्स एकेडेडी, डिपो स्कुल, सियोन स्कुल र सगरमाथा एसडी कलेजमा छात्रवृतिको लागि सिफारिस गरिने उहाँले जानकारी दिनु भयो । 

संघको सिफारिसमा विगत लामो समयदेखि खेलाडीहरुलाई प्रोत्साहन गर्दै धरानका विभिन्न कलेजमा सय भन्दा बढि विद्यार्थीहरुलाई छात्रवृतिमा अध्यापन गराइरहेको छ । 


प्रशिक्षण क्याम्पका लागि  एम्स एकेडेमिका तर्फबाट ५ वटा बास्केटवल र धरान मेघा कलेजको तर्फबाट ३ वटा बास्केटवल आयोजकलाई प्रदान गरिएको छ । एम्स एकेडेमिका प्राचार्य मित्र तामाङ र धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्वुले क्याम्पका प्रशिक्षकहरुलाई वल प्रदान गर्नु भएको छ । 

दुई साता सम्म हुने  प्रशिक्षणमा प्रदेश १ का मुख्य प्रशिक्षक विकास चाम्लिङ राई, प्रशिक्षकहरु हेमत्त राई, डा. आशा राई, रोशन राई, युगल लिम्वु, कविन मगर र दिवस राईले प्रशिक्षण दिने छन् । 

No description available.