धरान / प्रदेश १ स्तरीय वराह महिला पुरुष अन्तर कलेज वास्केटवल प्रतियोगिता धरानमा सोमबारदेखि शुरुभएको छ ।
धरान बास्केटवल संघको अयोजनामा शुरुभएको प्रतियोगिताको पहिलो दिन केन्द्रिय प्रविधि क्याम्पस हातिसार महिला पुरुष टिम, धरान मेघा कलेज, विकेभिएम विराटनगर, डिपोट आर्दश वहुमुखि क्याम्पस धरान र सियोन स्कुल विययी भएका छन ।
२३ वर्ष मुनिका विद्यार्थीहरुले मात्र सहभागिता हुन पाउने प्रतियोगताको पहिलो खेलमा पुरुष तर्फ हातिसार कलेजले एम्स एकेडेमिलाई ३० –२२, धरान मेघा कलेजले सगरमाथा एसडि कलेजलाई २८ – २६, विकेभिएम विराटनगरले टावर टेम्पल विर्तामोडलाई ३२ – २९, डिपो कलेजले राष्ट्रिय जनसहयोग इटहरीलाई ३८ – २४ र सियोन स्कुलले सिटि कलेजलाई २७ – २१ अंकले पराजित गरेका थिए । त्यस्तै गरि महिला तर्फ हातिसार टिमले धरान आर्दश टिमलाई १६ – ११ अंकको अन्तरले पराजित गरेका छन ।
प्रतियोगीताको उद्घाटन १ न. प्रदेश सभामुख प्रदिपकुमार भण्डारीले गर्नु भएको छ । उहाँले पानसमा द्धिप प्रज्वलन गर्दै रेफ्रिलाई वल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो ।
चैत्र ५ गते सम्म सम्पन्न हुने प्रतियोगितामा प्रतियोगितामा धरान , विराटनगर, विर्तामोड र इटहरीका कलेजका टिमले सहभागिता जनाएको प्रदेश १ का प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी दिनुभयो । विजेता टिमले पुरुष तर्फ नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
भोलीको खेल हातिसार र सियोन, महेन्द्र र मेघा, विकेभिएम र विष्णु, डिपो र धरान आर्दश र महिला तर्फ डिपो र विकेभिए विराटनगर विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।DSC_0075