धरान / धरान उपमहानगरपालिकाले आयोजना गर्ने मेयर कप स्कुल ओलम्पिकको तयारी अन्तिम चरणमा पुगेको छ ।  आयोजक नगर खेलकुद विकास समितिले आईतबार पत्रकार सम्मेलन गरि ओलम्पिकको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।
धरानभरिका २ हजार ३ सय ६६ खेलाडी प्रतियोगितामा सहभागी हुदैछन् । १० वटा विधामा खेलहरु सम्पन्न हुने छन् ।  स्कुल ओलम्पिकमा धरानका निजी तथा सामुदायिक विद्यालयका कक्षा १० सम्मका विद्यार्थीहरु सहभागि हुने छन् । कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाका उप प्रमुख मञ्जु भण्डारीले स्कुल ओलम्पिक धरानको गौरब भएको बताए । नगर खेलकुद विकास समितिका अध्यक्ष सुवास राईले प्रतियोगितामा एथलेष्टिक,बाँस्केटबल, भलिबल,तोक्वाण्डो, कराते, ब्याडमिण्डन, टेवलटेनिस,फुटवल,क्रिकेट र बुद्धिचाल प्रतियोगिता हुने जानकारी दिएकीछन् । प्रतियाेगिता माघ २९ देखी शुरु हुदैछ  ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार बुद्धिचाल प्रतियोगितामा ३६ बिद्यालयका ३६ खेलाडी,बास्केटबलमा २२ विद्यालयका ३ सय ३० खेलाडी,भलिबलमा २५ विद्यालयका ३ सय ३८, तोक्वाण्डोमा १७ विद्यालयका ७८ विद्यार्थी,ब्याडमिण्टनमा ३३ विद्यालयका १ सय ७१ बिद्यार्थी,टेवलटेनिसमा ३० विद्यालयका ९३ विद्यार्थी फुटवल (छात्र)मा ४५ विद्यालयका ८ सय १० बिद्यार्थी,क्रिकेट ११ बिद्यालयका १ सय ५४ बिद्यार्थी,र एथलेटिक्सका सातवटा खेलमा ४४ वटा विद्यालयका ३ सय ३५ विद्यार्थी सहभागि हुने छन् । प्रतियोगिताका विजेताले मेडलसहित पुरस्कार प्राप्त गर्ने नगर खेलकुद विकास समितिका अध्यक्ष सुवास राईले जानकारी दिए ।
पत्रकार सम्मेलनमा स्कुल ओलम्पिकको मस्कट पनि सार्वजनिक गरिएको थियो । मस्कटमा एक सिङ्गे गैंडाले हातमा मसाल वोकिएको र फुटवल हान्दै गरेको छ । मस्कट आर्टिस्ट प्रमोद दत्तले तयार गरेका हुन । मस्कटले एक खेलको मात्र प्रतिनिधित्व गरेको पत्रकारको प्रश्नमा केहि त्रृटि भएको आयोजकले स्वीकारेका थिए । हाम्रो पहिलो प्रयास हो, आगामी दिनमा सुधारेर लैजाने प्रतिवद्धता आयोजकले जनाएको छ । स्कुल ओलम्पिक प्रमोसनका निम्ति ओलम्पिक प्रमोसन गित पनि तयार भइसकेको आयोजकले जनाएको छ । गितको रचना गोपाल देवानको रहेको र संगित विनय प्रधानले भरेका छन् । गितमा धरानका कलाकार डिल्ली फोम्वो, प्रशान्त शर्मा र टिका राईको स्वर रहेको छ । धरान उपमहानगरपालिकाका मेयर तारा सुव्वा द्धारा उद्घाटन गरिने मेयर कप स्कुल ओलम्पिकमा सहभागी विद्यार्थीहरुको मार्चपास, शसस्त्र प्रहरी वलका फुल व्रस वेण्डको धुन तथा धरानका कलाकारहरुको प्रस्तुति समेत रहने छ ।