• नगिता लेप्चा राई, सिलिगुड़ी, भारत

चुनावको समयमा भोट माग्न घर घर धाउँछौ

चुनावपछि चिन्दैनौ कसैलाई पर तर्किन्छौ

दस औँली जोड़ी विकासको नाममा भोट माग्छौ

चुनाव पछि विकास तिम्रै सन्तान र चम्चेहरूको मात्र गरिदिन्छौ ।

.........

 भन्दै हिँड़छौ लाजैमर्दो हाम्रो माटो सुरक्षित गरौं

माटोकै नाम लिएर कति बोरामा सुताउँछौ लाटासिधा जनतालाई

अब जनता लाटो छैनन् है, नाङ्गोझार पार्नेछन् ढँटुवारे नेतालाई।

.........

भन्छौ मुखले होइन कामले देखाउँछौ

टिष्टारङ्गीतबाट कति पानी बगेर पुगिसके

नेताको काम पर्खिँदा पर्खिँदै जीवन बित्न लाग्यो

तिमीजस्ता नेताले गर्दा 

लाटा सिधा जनता कुवाको भ्यागुतो नै बनिसके ।

.........

कति लण्ड्यायौ लाटा सिधा जनतालाई

अब लडिने छैनन् यहाँ जनता

कति गरिसक्यौ तमासा

अब तिम्रो खेल सकिसक्यो

तुम्बी झोली रुखमा टाँसी

देखो भाइ तमासा।।।।