तेह्रथुम  / नेकपा एमाले छथर जोरपार्टी कमिटी तेह्रथुमले विविध कार्यक्रम गरेर मिसन ग्रासरुट अभियान साेमबार सम्पन्न गरेको छ ।

 दुई महिनासम्म चलेको अभियानमा देशकै पहिलो श्रम शिविर सम्पन्न गरेको छ । श्रम शिबिरमा जम्मा १०१५ जना सहभागी भएको अभियानमा प्रदेश कमिटीबाट खटिनु भएका नेकपा एमाले  प्रदेश कमिटी सचिवालय सदस्य लक्ष्मण तिवारीले जानकारी दिनु भयो । 

उहाँका अनुसार गाउँमालिकाका विभिन्न क्षेत्रमा अन्तर वडा तथा जनसगठन बिच हाजिरी जवाफ प्रतियोगिता भएको छ ।  ५७३ जना जेष्ठ सदस्य,सेल्टर दाता ,उत्कृष्ट ब्यबसायीलाई सम्मान गरिएको छ । 

यस्ते अभियान अन्तगृत  पालिका ,वार्ड टोल कमिटीको बैठक , गठन  पुनर्गठन गर्दै ८५ वटा टोल कमिटी गठन तथा परिचालन गरिएको छ ।  पार्टी शिबिरमा गोप्य  सुझाब पेटिकाको ब्यबस्था गरि माथिल्लो कमिटीलाई सुझाब दिन संकलन गरिएको गाउँपालिका अध्यक्ष सन्तोष थेवेले जानकारी दिनु भयो । 

विभिन्न पेशा ब्यबसाय , बौद्धिक बर्ग,जेष्ठनागरिक सङ्ग अन्तर्कृया ,सम्वाद र भलाकुसारी कार्यक्रम सम्पन्न भएको छ । अभियानले विकास र समृद्धिको लागि छथरका ६ मिसनको घोषणा समेत गरेको छ । 

तीनै तहका सरकारबाट संचालित बविकास योजनाको स्थलगत अनुगमन तथा सुशासन युक्त छथर बनाउने जनाउको छ । यस्तै नयाँ पुस्तालाई पार्टीमा आवद्ध गराउन युवा विद्यार्थीसङ्ग अन्तरसम्बाद  तथा  परीक्षार्थीलाई शुभकामना स्वरुप कलम र फुल उपहार प्रदान गरिएको थियो । 

संगठन निर्माण र सुधारका लागि   छथर गापामा फाल्गुन १४ गतेदेखि चैत्र २७ सम्म छ हजार  व्यक्तिपरिचालित भएको पार्टीले जनाउको छ । अभियानमा ५७३ जनाले संगठित सदस्यताका लागि आवेदन दिनु भउको छ । यसतै वार्ड स्तरिय पार्टी शिबिरमा ८०५ सदस्यले सगठित सदस्यता नवीकरण गर्नु भएको पार्टीले जनाएको छ । अभियान कै क्रममा ५७ जनाले नेपाली काङ्ग्रेस परित्याग गरि नेकपा एमालेमा प्रबेश गरेका थिए । 

पालिका कमिटीले नेकपा एमाले पार्टी उपाध्यक्ष तथा बागमति प्रदेशकीपूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा सोमबार भब्य समापन गरेरअभियानको मैजारो गरिएको अभियानकर्मी तिवारीले जानकारी दिनु भयो । साे क्षेत्रमा प्रदेश कमिटीबाट तिवारी र केन्द्रीय कमिटीबाट केन्द्रीय सदस्य  तथा स‌विधान सभा सदस्य  यज्ञराज सुनुवारलाई पार्टीले जिम्मेवारी दिएकाे थियाे ।

tiwari