मोरङ / नेकपा एमालेले देशभर मिसन ग्रासरुट अभियान चलाउदैं आएको छ । नेताहरु टोलटोलमा खटिएका छन् । टोलमा पुगेर पुरानै भर्राका  कार्यक्रम भइरहेका छन् । पार्टीले केन्द्र, प्रदेश, जिल्लाका एक एक नेतालाई टोलमा पठाएको छ । नेताहरुले पुरानै ढर्रामा कार्यकर्ताहरुलाई भाषण सुनाएर हिडिरहेका छन् । तर मोरङको सुन्दरहरैँचाको ४ न. वडा कमिटीले  भने फरक किसिमको कार्यक्रम आयोजना गरेको छ । पार्टी सदस्यहरुलाई  क्षमता अभिवृद्धि तथा नेतृत्व विकासका लागि तालिमको आयोजना गरेको छ । 

sundar haraicha

व्यक्ति सही भए नेतृत्व सही हुन्छ र नेतृत्व सही भए पछि पार्टी मजबुद हुन्छ भन्ने अवधारणासहित पार्टीले २ दिने अभियान संचालन गरेको छ । अभियानको उदघाटन शुक्रबार पार्टीका  केन्द्रिय विभाग सदस्य बद्री अर्यालले गर्नु भएको छ । 

 ४ न. वडा कार्यालयको हलमा शुक्रवार देखि सुरु भएको अभियानमा नेतृत्व विकास, नेतृत्वमा हुने नैतिक मूल्यमान्यता, पार्टीमा आवद्धतालगायत बोल्ने कलाको विषयमा छलफल भएको नेकपा एमाले सुन्दरहरैँचाका नगर कमिटी सचिवालय सदस्य शम्भु धमलाले जानकारी दिनु भयो । अभियानको सहजिकरण प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य एवं कोशी प्रदेश सह इञ्चार्ज देवेन्द्र कार्कीले गरिरहनु भएको छ । 

सहभागीहरुलाई पार्टीको नीति सिद्दान्त र कम्युनिष्ट पार्टीका सदस्यहरुले पालना गर्नु पर्ने कुराको बारेमा समेत प्रशिक्षण दिइएको धमलाले बताउनु भयो । 

वडा कमिटीका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा स्वागत मन्तव्य नगर कमिटी सचिवालय सदस्य शुसिल पोखरेलले गर्नु भएको थियो ।  वडा कमिटीका सचिव केशव बाँस्तोलाले कार्यक्रम सँचालन गर्नु भएको थियो । शनिवार बोल्ने कला, नेतृत्वको दायित्व, पार्टी अभियानबो छलफल हुने अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।  

Untitled-1