धरान  / नेकपा (एमाले)को मिसन ग्रास रुट अभियान अन्तर्गत धरान उपमहानगरपालिका १९ वडास्थित सगरमाथा टोलमा भेला तथा छलफल कार्यक्रम सम्पन्न गरिएको छ । 

सोमबार नेकपा एमाले प्रदेश कमिटी सदस्य भमिज्वाला राईको उपस्थितिमा भएको भेलाले ११ सदस्यीय  टोल कमिटी पुन गठन गरेको छ । कमिटीको अध्यक्षमा हृदयमान तामाङ, उपाध्यक्षमा आशा राई, सचिवमा कला दुलाल, सहसचिवमा सनम लिम्बू  चयन हुनु भएको छ । 

यसै गरि सदस्यहरुमा आशा राई, सुनिता भुजेल, संगीता बिक, मीना राई, मीत्र राई, कविता राई,  र अनिशा नेवार  रहनु भएको छ । 

भेलामा चेत मसानत भित्र संगठित सदस्य नविकरण गरिसक्ने र नयाँ सदस्यका लागि माथिल्लो कमिटीलाई सिफारिस गर्ने निर्णय भएको नव गठित कमिटीका अध्यक्ष हृदयमान तामाङले जानकारी दिनु भयो । भेलामा नेकपा एमाले जिल्ला कमिटी सदस्य नवराज राई, नगर कमिटी सदस्य वडा कमिटीलगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

340580743_1262709391000087_6020865332647548891_n