धरान / प्रदेश नं. नं. १ को सर्वाधिक लोकप्रिय प्रतियोगिता बुढासुब्बा रेडबुल गोल्ड कपको शनिवारबारदेखि शुरु भएको २० औं संस्करणको खेलमा मनाङ मस्र्याङदी कद्यव काठमाण्डौलाई पाखा लगाउदै संकटा क्लव काठमाण्डौ विजयी भएको छ ।
धरान १६ स्थित धरान रङ्गशालामा सम्पन्न प्रतियोगितामा संकटाले १–० को अन्र्तररे मनाङलाई हराउदै विजय शुरुवात गरेको हो । जितका लागि संकटाका विदेशी खेलाडी अर्नेष्ट टमले मध्यान्तर पछिको ३४ औ मिनेटमा गोल गरे । हेमन्त थापा मगरको फ्रिकिक प्रहारलाई टमले सदुपयोग गरेका हुन ।
खेलको म्यान अफ दी म्याच खेलाडी पनि टम नै घोषित हुँदै नगद १० हजार रुपैयासहित टूफी जितेका छन् । आहा-रारा गोल्डकपबाट धरान आएको मनाङले पूर्वाद्ध फितलो खेल प्रदर्शन ग¥यो । जसका कारण संकटाले दवावमा राख्न सफल भयो ।
खेलको शुरवातमा कुनै टिमले गोल गर्न सकेनन् संकटाको तर्फबाट खेल शुरु भएको पहिलो मिनेटमा कर्नर पाएको थियो । प्रकाश बुढाथोकीले सदुपयोग गर्न सकेनन् । १८ औ मिनेटमा हेमन्त थापा मगरले सेन्टरबाट गरेको प्रहार पोलमाथिबाट बाहिरियो । ३८ औ मिनेटमा प्रकाशले डि–एरियाबाट प्रहार गर्ने पाएको मौका चुकाए । विपक्षी गोलरक्षक दीप कार्कीले विफ बनाए । मध्यान्तरण पछि पनि संकटाले थुप्रै अवसरहरु गुमायो । ३ जना धरानकै खेलाडीहरु संकटाबाट खेलेका थिए ।
मनाङले २ मिनेटमै पाएको कर्नर हेमन्त गुरुङले सदुपयोग गर्न सकेनन । २५ औ मिनेटमा कर्ण लिम्बुले डिबक्सबाट प्रहार गरेको बल आकासिएर बाहिरियो । मध्यान्तरण पछि ५ वटा राम्रो अवसर मनाङले सदुपयोग गर्न नसक्दा शुन्यमा चित्त बुझाउनु प¥यो । मनाङ २०६०, २०६७ र २०७२ को विजेता हो । संकटा गत बर्षको उपविजेता टिम हो ।
८० मिनेटको खेल
अपरचुनिटी थियो । त्यो गर्न नसक्दा हाम्रो लागि त्यही नै टूनिङ पोइन्ट बन्यो ।’ मनाङका प्रशिक्षक छिरिङ लोप्साङले भने ।
‘हाम्रा खेलाडीहरु धेरै गेम भएका कारण थकित पनि थिएँ ।’ प्रशिक्षक लोप्साङले भने, ‘रिकभरी हुने टाइम नै पाएनौं । हिजो आइपुगेको । आजै गेम खेल्यौं ।’ उनले आयोजकले ४०(४० मिनेटको खेल खेलाएकोप्रति आक्रोस पोखे । भने, ‘भन्नलाई चाहीँ फिफा, एन्फाको रुलमा खेलाउँछौं भन्छन् । तर, यहाँ चाही ८० मिनेटको खेल खेलाइदिन्छ । यो नियम विपरीत भयो ।’ नियम विपरीत खेल खेलाएकोप्रति संकटाका प्रशिक्षक सल्यान खड्गीले पनि आपत्ति प्रकट गरे । ‘खै आयोजकले समय अभावले हो । या व्यवस्थापन गर्न नजानेर हो । नियम नै भङ्ग हुने गरी खेल खेलाउन हुँदैन थियो ।’ उनले भने ।
आइतबार आयोजक धरान फुटबल क्लव र पाहुँना टोली दुर्गापुर स्टील एफसी कोलकत्ताबीच हुँदै छ । प्रतियोगितामा ८ वटा टिमहरु सहभागी छन् । विजेताले नगद ६ लाख रुपैया र उपविजेताले नगद ३ लाख रुपैयासहित टूफी प्राप्त गर्ने छ ।
भब्य उद्घाटन

27658694_10214104983411474_339947646_n
दुई दशक पुगेको अवसरमा रेडबुल बुढासुब्बा गोल्डकपको भव्य उद्घाटन गरेको छ । ६ वर्षपछि धरान रंगशालामा पुनरागमन गरेको बुढासुब्बा खेल हेर्न करिव ६ हजार दर्शकहरु उपस्थित भएका थिए । धरान-२० चिण्डे डाँडाबाट प्याराग्लाइडिङ गर्दै मैदानमा अवतरण गराइएको थियो । जहाँ २० वटा प्याराग्लाइडिङ पाइलटहरुले अवतरण गराउँदै बुढासुब्बाको प्रचार गरेका थिए । कार्यक्रममा धरान उपमहानगरका नगर प्रमुख तारा सुब्बाले उद्घाटन गरेका थिए । उद्घाटनको अवसरमा धरानलाई खेलकुदको सहर बनाउने अभियानमा धरान उपमहानगर लागेको बताए । यसपटक धरान उपमहानगरले बुढासुब्बालाई ८ लाख रुपैया सहयोगसमेत गरेको छ ।

धरानलाई राजधानी बनाउन दवाव

27661898_10214104983491476_1283390343_n
धरानलाई प्रदेशको राजधानी बनाउन दवाव स्वरुप ‘२० औ बुढा सुब्वा रेडबुल गोल्डको आयोजना, प्रदेश नं. १ को स्थायी राजधानी धरान बनाउने हाम्रो चाहना’ लेखिएको प्ले कार्ड प्रर्दशन गरिएको थियो ।

27591640_10214104983651480_1165059591_n

27658694_10214104983411474_339947646_n 1

27591580_10214104983571478_606681490_n


आईतबार हुने खेलः
धरान फुटबल क्लव भर्सेज दुर्गापुर स्टील एफसी कोलकत्ता

तस्विरहरु उपेन्द्र चाम्लिङ /देबेन्द्र कार्की