धरान  / धरानमा जारी बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको २३ औंं संस्करणको फाइलनका लागि क्यामरुनी फुटबल टिम (एभिनियर) र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर(केएफटिसी) विच प्रतिष्पर्धा हुने भएको छ । 

विहीबार भएको अन्तिम सेमी फाइनलको खेलमा एन्फा मोरङलाई २–० गोल अन्तरले पराजित गरे पछि  एभिनियरले उपविजताको सिट सुरक्षित गरेको हो । काँकडभिट्टाको केएफटिसी टिम भारतीय टिम युकेएफसीलाई पराजित गदैं फाइलनमा पुगि सकेको छ । शविनार उपाधीका लागि दुई टिमविच प्रतिस्र्धा हुने छ । 

एभिनियरको जितमा खेलको ४५ औ मिनेटमा डिम्बाले १ गोल गर्नु भयो । एभिनियरले थप एक गोल एन्फा मोरङबाट आत्मघाती उपहार पायो । मोरङका सुजन चौधरीले ८५ औ मिनेटमा आत्मघाती गोल गर्नु  भयो । एन्फा मोरङ गोलरहित भयो ।

आजको खेलको म्यान अफ द म्याच एभिनियरका जिन जियोन घोषित हुँदै नगद १० हजार प्राप्त गर्नु भएको छ । 

शारिरिक रुपमा बलियो क्यामरुनी टोलीसँग मोरङले राम्रो खेल प्रदर्शन गरे पनि नतिजा भने निकाल्न सकेन । खेलको २२ औं मिनेटमा अग्रता लिने राम्रो अवसर मोरङले सदुपयोग गर्न सकेन । सागर विकले दिएको पासमा सञ्जय धिमाल गोल गर्न चुके । मोरङका गोल किपर प्रनिजय गच्छदारले क्यामरुनका दर्जनौ प्रहार विफल पारिदिए । खेलको १० औं मिनेटमा फेड्रिक मेड्जोको सशक्त प्रहार उनले पञ्च गरिदिए । खेलको ३० औं मिनेटमा डिफेन्स बिट भइसकेको अवस्थामा रिचार्ज विल्सनको प्रहार पनि उनले मुस्किलले बचाए । दोस्रो हाफको ३९ औं मिनेटमा रिचार्ज विल्सनको पासमा कियाली रजकको प्रहार मोरङका गोल किपरले बचाए । भिनियरका खेलाडीहरुले पनि पटक पटक पाएको अवसर गोलमा परिणत गर्न सकेनन् ।