धरान / धरानमा जारी बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको २३ औंं संस्करणमा भारतको युनाइटेड कर्साङ फुटबल क्लब (युकेएफसी)लाई पराजित गर्दै काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर(केएफटिसी) फाइनलमा प्रवेश गरेको छ ।

धरान–१६ स्थित रंगशालामा बुधबार भएको खेलमा युकेएफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै केएफटिसी फाइनलमा प्रवेश गरेको हो । केएफटिसीका लागी विदेशी खेलाडी यमि, शुसिल राई र निशान लिम्बूले गोल योगदान गरे । खेलको २२ औं मिनेटमा केएफटिसीले खेलमा अग्रता लिएको थियो । यमिले विपक्षी दुई डिफेन्स र गोल रक्षकलाई समेत छक्काउदै‌ उत्कृष्ट गोल गरे । बदलामा युकेएफसीका हेमराज भूजेलले गोल गर्दै खेल बराबरीमा पु¥याए । भुजेलले प्रतिक लामाको पासमा सानदार हेड गोल गरेका थिए ।  

पहिलो हाफ  १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा केएफटिसीले थप दुई गोल गरि टिमलाई विजय सुनिशिचत गरेको थियो । दोस्रो हाफको ४७ औ मिनेटमा यमिको क्रसमा गिल्सन लिम्बुले मिलाइदिएको पासलाई केएफटिसीका सुशिल राईले गोल गरे । खेलको इन्जुरी समयमा शुशिल राईलाई विपक्षि डिफेन्सले फल गरेपछि पाएको पेनाल्टीमा निशान लिम्बूले अर्को  गोल गरे । 

खेलको म्यान अफ द म्याच भने केएफटिसीका यमि घोषित भई नगद १० हजार पुरस्कार पाउनु भएको छ । सोचेजस्तो खेल खेल्न नसक्दा आफ्नो टिम पराजित भएको युकेएफसीका प्रशिक्षक उर्गेन लामाले बताए ।  

आफुले बनाएको रणनीति अनुसार खेलाडीले खेल्दा नतिजा निस्किएको केएफटिसीका प्रशिक्षक मुन्ना सुब्बाले प्रतिक्रिया दिए ।   विहीबार विदेशी टिम एभिनियर क्यामरुन र एन्फा मोरङविच सेमी फाइनलको खेल हुने आयोजकले जनाएको छ ।