धरान / धरानमा जारी बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा पाँचौ. पटक उपाधी कब्जा जमाएको नेपाल पुलिस क्लव २३ औं संस्करणमा पहिलोखेलबाटै बाहिरिएको छ । 

 धरान १६ स्थित रंगशालामा भएको अन्तिम क्वार्टरफाइनल खेलमा काँकरभिट्टा फुटवल ट्रेनिङ सेन्टर(केएफटिसी)ले २–० को अन्तरमा पुलिसलाई सहज हराएको हो । 

पहिलो हाफको २० औं मिनेटमा र दोश्रो हापको ८१ औं मिनेटमा निशान लिम्बुले गोल गदैं टिमलाई विजय सुनिश्चित गराएका थिए । खेलको म्यान अफ दी म्याच पनि लिम्बु नै घोषित भए । उनले आयोजकबाट नगद १० हजार प्राप्त गर्नु भएको छ । 

पाँच पटक उपाधी उचालेको पुलिस क्लवले खेल राम्रो प्रर्दशन गर्न सकेन् । पुलिसले दोश्रो, चौथो, पाँचौं, १० औं र १९ औं संस्करणमा बुढासुब्बा गोल्कपको उपाधी जितेको थियो । २० औं संस्करणमा भने उपविजेता बनेको थियो ।   केएफटिसीमा पनि राष्ट्रिय खेलाडीहरुले मैदान भरिएका थिए । उनीहरुले खुल सुरुवातीबाटै डिफेन्सीप भएर खेलेका थिए ।   

आजको विजेता काँकडभिट्टाले अगामी बुधवार हुने पहिलो सेमिफाइनल खेलमा युकेएफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि युकेएफसी उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरिसकेको छ ।

भोलि मङ्गलवारको अन्तिम क्वाटर फाइनल खेल एन्फा मोरङ र बङ्गलादेशको केबिपिएस क्लबबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।  फागुन २० गते फाइलन रहेको प्रतियोगितामा तीन विदेशी टिमसहित ८ वटा टिमले सहभागिता जनाएका छन् ।