धरान / २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको आइतबार सम्पन्न खेलमा क्यामरुनको एभेनियर फुटबल क्लब विजयी भएको छ ।   धरान १६ स्थित रंगशालामा भएको दोस्रो क्वार्टरफाइनल खेलमा बागमती युवा क्लवलाई १–० को गोलअन्तरले हराउदै क्यामरुन सेमीफाइनल प्रवेश गरेको हो । 

पहिलो हाफको १४ औं मिनेटमा कप्तान गिनीको पासमा साबा अलीले गरेको एक मात्र गोल क्यामरुनलाई जितका लागि निर्णायक बन्यो ।  खेल अवधि भर दुवै टोली गोल गर्ने प्रयास भए तर सबै निरर्थक सावित भए । बागमती युवा क्लवले पाएको आधा दर्जन अवसर गोलमा परिणत हुन सकेनन् । 

खेलको म्यान अफ दि म्याच बागमती युवा क्लव कै आयुष राना घोषित हुनु भयो । उहाँले नगद १० हजार पुरस्कार पाउनु भएको छ ।  प्रतियोगिताको सोमबारको खेल झापाको केएफटिसी र नेपाल पुलिस क्लब बीच खेल हुने आयोजकले जनाएको छ ।