धरान /  धरानमा शनिवारदेखि सुरु भएको अन्र्तराष्टिय आमन्त्रीत २३ औँ संस्करणको बुढासुब्बा गोल्डकपको  उद्घाटन खेलमै आयोजक धरान फुटबल क्लब बाहिरिएको छ । 

खेलमा पाहुना टोली युकेएफसी भारतसँग पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित हुँदै धरान फुटबल क्लब प्रतियोगिता बाटै बाहिरिएको हो ।  

निर्धारित ९० मिनेटमा दुवै टिमको गोलरहित भए पछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो । धरानले २ वटा सुट मिस गर्दा खेलबाट बाहिरिएको हो ।

युकेएफसी भारतका  सिध्वनी क्षेत्री, सुब्रोत सोरेन, साइल शाही, आकाश प्रधान र राज राउतले पेनाल्टी सुट गर्नु भएकाे थियाे । धरानका दोर्जे शेर्पा, मदन लावुङ र रोहन मास्कले गोल गर्रेनु भयाे । २१ आंैं संस्करणमा फाइलनमा पुगेको आयोजक टिमले हालसम्म प्रतियोगिता जित्न सकेको छैन् । 

दुवै टिमको खेल प्रतिस्पर्धात्मक भए पनि कुनै टिमबाट गोलहुन सकेन् । धरानले पाएको दर्जनौ अवसर सदुपयोग गर्न सकेन । खेलको म्यान अफ दी म्याच युकेएफसीका गोल रक्षक मनोज प्रधान घोेषित भए । उनले नगद ३५ हजार पाए । 

खेलको ५० औं मिनेटमा धरानका बिटु तामाङले प्रहार गरेको बल बारमा लाग्दै फर्किएको थियो । त्यस्तै उहाँनले खेलको ४४ औ मिनेटमा प्रहार गरेको बल पनि बार नजिकबाट बाहिरिएको थियो । खेलको ३० औं मिनेटमा खार्साङका वीरेन प्रधानले प्रहार गरेको पावरफुल सट धरानका गोल रक्षक आशिष कार्की मुस्किलले क्लियर गर्नु भएकाे थियाे । ।

आइतबारको दोस्रो क्वाटर फाइनल खेल बागमती युवा क्लब सर्लाही र एभिनियर फुटबल क्लब क्यामरुन बिच हुने आयोजक धरान फुटवल क्लवका अध्यक्ष किशोर राईले जानकारी दिनु भयो । 

प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकका मेयर हर्कराज राईले गर्नु भएको थियो । 

manofthe match