धरान / मोफसलको लोकप्रिय प्रतियोतिा २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको २३ औं सँस्करण भोली शनिबारदेखि धरान १६ स्थित रंगाशालामा सुरु हुदैछ । 

प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिनु भएको छ ।  

उद्घाटन समारोहमा ब्रिटिश गोर्खा ब्रिगेड ब्याण्डको ९० जनाको टोलीले बिशेष प्रस्तुती दिएर भव्यता प्रदान उद्घाटन गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष राईले जानकारी दिनु भयो ।   

प्रतियोगिताको उद्घाटन खेल आयोजक धरान र युके एफसी भारतबीच हुने तालिका छ ।  प्रतियोगितामा आयोजक धरान, युकेएफसि भारत, केबिपिएस वंगलादेश, एभेनियर एफसि क्यामरुन, नेपाल पुलिस क्लब काठमाण्डौं, बागमती युवा क्लब सर्लाही, केएफटिसि झापा र एन्फा मोरङ गरि कुल ८ टिमको सहभागीता रहेको छ । 

नेपालको एडिडिजन क्लवहरु मनाङ मस्र्याङ्दी क्लबल, थ्री स्टार क्लव, नेपाल आर्मी, स‌‌कटागायतका क्लवको भने यस पटक धरानमा उपस्थिति नहुने भएको छ । आयोजकले यस पटक उनीहरुलाई नबोलाएको बताएको छ । 

२२ औँ संस्करणको बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको थियो । २०७६ साल फागुन १७ गते भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले हराउँदै मनाङले उपाधि जितेको थियो । २०७६ पछि कोरोनाका कारण प्रतियोगिता हुन सकेको थिएन् ।

यसपाली पहिलो पटक कोड आइटीसँग सहकार्य गरेर प्रतियोगिताको एप्स बनाएर अनलाइन टिकट काट्न सकिने र खेलहरुको सबै जानकारी दिइने पनि आयोजक क्लबले जनाएको छ । 

फागुन २० गते सम्म हुने प्रतियोगिताको फाइनल विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख पाउनेछ । उत्कृष्ट खेलाडीले नगद १ लाख पाउनेछन् । 

खेल हेर्न ६५ बर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरु र अपांग बालबाालिकाहरुका लागि  प्रवेश निशुल्क गरिएको आयोजकले जनाएको छ । उद्घाटन खेल तथा क्वाटरफाइलनसम्मको खेलका लागि प्रवेश शुल्क एक सय राखिएको छ ।