धरान / प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको अर्थतन्त्र समस्यामा पर्दा औद्योगिक क्षेत्र तहसनहस भएको बताउनु भएको छ ।  विहीबार धरानमा सुरु भएको धरान एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गदैं मुख्यमन्त्री कार्कीले औद्योगिक क्षेत्र सुधारका लागि सरकारले नयाँ योना ल्याएर नीति क्षेत्रसँग हातेमालो गर्नु पर्ने बताउनु भएको छ । 

पछिल्लो समय व्यवसायीहरुले विरोध गदैं आएको बैंकहरुको चर्को व्याजदर नीति प्रति संघीय सरकार सम्बेधनसिल हुनु पर्ने बताउनु भएको छ ।  यस विषयमा सरकारले चाढो आफ्नो धारणासमेत सार्वजनिक गर्न माग गर्नु भयो । उहाँले  १० प्रतिशत भन्दा बढि व्याजदर नहुने गरि बैंकको व्याजदर काम गर्न राष्टबैंकलाई सुझाव समेत दिनु भएको छ ।

'१० प्रतिशत भन्दा माथि नहुने गरि व्याज दर घटाउनु पर्छ ।  प्रदेश सरकारले त्यसका लागि छलफल र बहस गर्न तयार छ ।’

मुख्यमन्त्री कार्कीले भन्नु भयो,- ‘नीजि क्षेत्र धेरै बलियो रुपमा स्थापित बनाउनु जरुरी छ । नीजि क्षेत्रलाई बलियो बनाउन सके मात्र देशको विकास गर्न सकिन्छ । उनीहरुको हात समाएर अगाडी बढ्नु पर्छ ।’ उहाँले मुलुकको निर्यात घटेको र आयत झन झन बढ्दै गएको बताउदैं सरकार यस विषयमा गम्भीर हुनु पर्ने बताउनु भयो । 

कार्यक्रममा उद्योगबाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष राजेन्द्र सांघाहीले व्यवसायी प्रवद्धनका लागि सुनसरी उद्योग बाणिज्यसंघले औदोगिक प्रर्दशनी गरेर राम्रो काम गरेको बताउनु भयो । यसले यहाँको व्यापार व्यवासाय प्रर्वद्धनमा सहयोग पुग्ने बताउनु भयो । 

धरान एक्स्पो  पाकिस्तान, बङ्गलादेश र भारतका उत्पादनहरूदेखि स्थानीय उत्पादनसम्म

आजदेखि सुरु भएको धरान एक्स्पो फागुन २० गतेसम्म चल्ने आयोजकले जनाएको छ । 

धरान एक्स्पोमा धरान आसपास टाढाबाट आउने सर्वसाधारणका लागि निःशुल्क बसको व्यवस्था गरिएको छ । वराहक्षेत्र नगरपालिकाको चतराबाट समेत एक्स्पोमा आउन निःशुल्क बसको व्यवस्था गरिएको हो । धरानमा ४ ठाउँबाट एक्स्पो स्थल धरान रङ्गशाला सम्म निःशुल्क बस चलाइएको छ ।

एक्स्पोमा स्वास्थ्य परीक्षण शिविर पनि दैनिक रूपमा राखिएको छ । एक्स्पोमा पाकिस्तान, बङ्गलादेश र भारतका उत्पादनहरूका स्टलहरू ह्याङ्गर प्रविधिमा बनाइएको डोममा रहेका छन् । विदेशी सामाग्रीका कुल १५ वटा स्टलहरू एक्सपोमा रहेका छन् । 

पाकिस्तान जनावरको छालाबाट बनेको लेदरका सामानहरू उत्पादन गर्ने मुलुकको रूपमा विश्व प्रसिद्ध छ । नेपालबाट समेत छाला पाकिस्तान निर्यात हुन्छ । एक्स्पोमा महिला पुरुष दुवैका लागि पाकिस्तानी लेदरको ज्याकेट, बेल्ट, क्याप आकर्षणको केन्द्र बन्ने आयोजक कमिटीका संयोजक गोपाल श्रेष्ठले जानकारी दिनु भयो । ।

333069138_3581170655492353_6479001340230373273_n

बङ्गलादेशको गार्मेन्टका उत्पादनहरू महिलाहरूका कुर्ता, सुरुवाल, साडी, बालबालिकाका पोसाक आकर्षणको स्टल राखिएको बङ्गलादेशको गरमेन्टका महिला, पुरुषका पोसाकहरू युरोप, अमेरिकी मुलुकहरूमा निर्यात हुँदै आएको छ । 

333068560_937951570711581_4040251518761643434_n

भारतीय उत्पादन गार्मेन्टका साथै दैनिक भान्सा तथा घरायसी कामधन्धामा आवश्यक उपकरण, सामग्रीहरू एक्स्पोमा आउनेहरूका लागि किनमेलको आकर्षण बन्ने बताइएको छ । भारतीय साडी, कुर्ता सुरुवाल किन्न जोगबनी पुग्नेहरूका लागि एक्स्पोले रङ्गशालामै बजार लगाएको हुनेछ ।

327873256_1612661762580256_4988207520641859285_n

पछिल्लो समय घरायसी कामका ससाना उपकरणहरूले भान्सामा गृहिणीहरूको कामलाई सहज बनाएको छ । तरकारीको बोक्रा ताछ्ने देखि भाँडा बर्तन सफा गर्ने उपकरणहरू पनि बजारमा पाइन्छन् । एक्स्पोमा त्यस्ता सामान ब्राण्डेड कम्पनीको पाइने सुविधा उपलब्ध हुने बताइएको छ ।

332761070_935500744279694_4010430391316584238_n

विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न थालेको अल्लोका कपडा सङ्खुवासभाबाट एक्स्पोमा रहने छ । जुम्लाको भीर मौरीको मह, माछाको अचार देखी अग्र्यानिक र ब्राण्डेड बस्तु एक्स्पोमा किनमेल गर्ने अवसर जुटाइएको छ । यस्तै पूवृका कृषी अभियान्ता कृष्ण राईले कृषी प्रविधीकोजानकारीसहित कृषी स्टलहरु राख्नु भएको छ । विभिन्न प्रविधी प्रयोग गरेर उहाँले आफ्नो करेसाबारीको प्रविधीको प्रर्दशनी मेलामा गर्नु भएको छ । 

332864834_krisi_pradarsani