धरान / धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा भइरहेको प्रदेश १ स्तरीय अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगिताको दुबै उपाधि धरान मेघा हिमालयन कलेजले हात पारेको छ ।  

 प्रतियोगिताको फाइनल खेलमा महिला तर्फ सियोन स्कुललाइ २९(११ र पुरुष तर्फ राष्ट्रिय जनसहयोग कलेज इटहरीलाइ ४२(३९ अंकले पराजित गर्दै धरान मेघाले उपाधी हात पारेको हो । 

धरान मेघाले उपाधीसङ्गै पुरुष तर्फ नगद ३० हजार र महिला तर्फ २० हजार रुपैया नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । यसै गरि पुरुष तर्फका उपबिजेता राष्ट्रिय जनसहयोग कलेजले नगद २० हजार, महिला त्रफका उपबिजेता सियोन स्कुलले नगद १० हजार रुपया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुअ अतिथि तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क हर्कराज राई कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल संघका अध्यक्ष नारायान सुवेदीलगायत अतिथिहरुले पुरस्कार बितरण गर्नु भएको थियो । 

 फाइनल खेलमा महिला तर्फ सहज जित निकालेका धरान मेघा र सियोन स्कुलले प्रत्यक क्वाटरमा ३(१, ६(४, ८(० र १२(६ अंक जोडेका थिए । पुरुष तर्फ अत्यन्त प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा धरान मेघा हिमालयन र राष्ट्रिय जनसहयोगले १३(१२, १३(७, ७(१४ र ९(६ अंक जोडेका थिए ।फाइनल खेलमा धरान मेघाका सितल तामाङले १० र धरान मेघाका युवाहाङ राइले १९ अंक जोडे ।

दिदी भाइले जिते एमभिपी पुरस्कार

         प्रतियोगिताको उत्कृष्ट खेलाडी उपाधी मोस्ट भ्यालुएबल पुरस्कारको उपाधी दिदी भाइले जितेका छन् ।  धरान मेघा कलेजको १२ कक्षामा अध्यनरत योगेश राई र ब्याचलर पहिलो बर्षमा अध्यनरत तनु राइले उपाधी जित्नु भएको हो । 

यसै गरि प्रतियोगिताको हाइ स्कोरर उपाधी महिला तर्फ धरान मेघा कलेजका सितल तामाग घोषित भइन । उहाँले तीन म्याचमा ब्यक्तिगत २५ अङ्क जोडनु भएको थियो ।  पुरुष तर्फ राष्ट्रिय सनसहयोग कलेजका अस्मिल राई घोषित हुनु भयो । उहाँले ४ म्याचमा ४२ अङ्क जोडनु भएको थियो । उहाँहरुले नगद २ हजार , ट्रफी र प्रमाण पत्र प्राप्त गर्नु भयो । प्रतियोगिताको उदयीमान खेलाडी धरान मेघाका सबिन राई र सियोन स्कुलका सेरिना लिम्बू घोषित हुनु भयो । 

३ पोइन्ट कम्पिटिसन

          प्रतियोगिताको फाइनल खेल अघि प्रकाश पौडेलले प्रायोजन गरेको  थ्री पोइन्ट कम्पिटिसन सम्पन्न भएको थियो । ३ पोइन्ट कम्पिटिसनको उपाधि पुरुष तर्फ धरान सिटि कलेजका हेमराज लिम्बू र धरान मेघाका तनु राइले जित्नु भयो । हेमराजले तीस सेकेन्ड्मा ४ र तनुले ३ बास्केट प्राप्त गर्नु भयो । उहाँहरुले जनही नगद ३ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नु भयो ।