धरान / धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबलको प्रतियोगितामा पुरुष तर्फ धरान मेघा हिमालयन कलेज, धरान सिटि कलेज, राष्ट्रिय जनसेवक कलेज इटहरी र आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोड सेमिफाइनल प्रबेश गरेका छन ।
सोमबार भएको क्वाटरफाइनल खेलमा राष्ट्रिय जनसेवकले युएन नवोदयलाइ ५४-३० अंकले र आदर्श स्कुल बिर्तामोडले इन्जिनियर क्याम्पस धरानलाइ ४२-२२ अंकले पराजित गर्दै सेमिफाइनल प्रबेश गरेका हुन ।
खेलमा राष्ट्रिय जनसेवक र युएन कलेजले प्रत्येक क्वाटरमा १२-६, १३-८, १२-५ र १७-११ अंक जोडेका थिए । यसै गरि दोस्रो खेलमा अदर्श स्कुल बिर्तामोड र इन्जिनियर कलेजले ६-३, ६-३, ११-८ र १९-८ अंक जोडेका थिए ।
पहिलो क्वाटरफाइनल खेलमा राष्ट्रिय जनसेकका अस्मिल राइले २० र आदर्श बिर्तामोडका रोनाल शाक्यले १९ अंक ब्यक्तिगत जोडेका छन ।
भखभेलील मंगलवार देखि सुरु हुने पहिलो सेमिफाइनल खेलमा सिटि कलेज धरान र राष्ट्रिय जनसेवक इटहरी र दोस्रो सेमिफाइनल खेल धरान मेघा हिमालयन र आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोड बिच प्रतिश्प्रधा हुने आयोजकले जनाएको छ । फाइनल खेल युएन नवोदय क्लेज र राष्ट्रिय जनसेवक इटहरी र पुर्वान्चल इन्जिनियर कलेज र बिर्तामोड झापा बिच हुनेछ । प्रतियोगिताको सम्पुर्ण खेल धरान १६ धरान रंगशाला स्थित इन्डोर बास्केटबल कोर्टमा सम्पन्न भइरहेको छ ।