धरान /  धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबलको दोस्रो दिन धरान मेघा हिमालयन , धरान सिटि, धरान इन्जिनियर र राष्ट्रिय जनसेवक इटहरी विजयी भएका छन् ।

      दोस्रो दिन शनिबार भएको पहिलो खेलमा महिला तर्फ मेघा हिमालयन कलेजले युएन नवोदयलाइ ३८, ४ अंकको फराकिलो अन्तरले  प्राजित गरेको छ । यसै गरि पुरु तर्फको खेलमा धरान सिटि कलेजले डिपो स्कुललाई २९,२८, इन्जिनियर कलेजले बिकेबिएम बिराटनगरलाई २८(२४ र राष्ट्रिय जनसेवक कलेज इटहरीले केन्द्रिय प्रबिधी क्याम्पस हात्तिसारलाइ ३८(१५ अंकले पराजित गरेको छ । खेलमा मेघाका सितल तामाङ र निरुता राइले समान ८ अंक ब्यक्तिगत जोडेका थिए । यसै गरि डिपोका रिदम राइले १३ , इन्जिनियर कलेजका अनमोल राइले २२ र राष्ट्रिय जनसेवक इटहरीका बिजय शाहले ११ अंक जोडेका छन ।  

 अल्फा विटा कोयोला एजुकेशन कन्सलटेन्सिको मुख्य प्रायोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा आयोजित  प्रतियोगिताका पुरुष तर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । छात्रातर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरि व्यक्तिगत विद्यामा प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि उपाधि महिला पुरुष विजेताले जनहि नगद दुई हजार ५ सय र हाइस्कोररले जनही  दुई हजार रुपैया, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । उदयीमान खेलाडिले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

धरान १६ धरान रंगशाला स्थित इन्डोर बास्केटबल कोर्टमा सम्पन्न भइरहेको प्रतियोगिताको फाइनल खेल अघि प्रकाश पौडेल महिला पुरुष थ्री–पोइन्ट कम्पिटिसन हुनेछ ।  कम्पिटिसनका विजेताले जनही नगद ३ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

          भोलिको पहिलो खेल पुरुष तर्फ धरान सिटि कलेज र लोटस बिच क्वाटर फाइनल खेल हुनेछ । महिला तर्फ भने सियोन स्कुल र केन्द्रिय प्रबिधी क्याम्पस हात्तिसार र  धरान मेघा र पब्लिक हाइ स्कुल बिच सेमिफाइनल खेल हुनेछ ।