धरान  /  राष्ट्रपति विद्यादेवि भण्डारीले धरानस्थित विजयपुर धार्मिक क्षेत्रमा रहेका तीन मन्दिरमा पूजापाठसँगै अवलोकन गर्नु भएको छ । 

उहाँ विहान ११ बजेर २० मिनेटमा बराह क्षेत्र मन्दिर परिसरमा हेलिकप्टरबाट ल्याण्ड भई बराहक्षेत्र मन्दिरको दर्शन गरि दिउसो १ बजे धरानस्थित फुस्रेमा रहेको नेपाली सेनाको व्यारेकमा ल्याण्ड हुनु भएको थियो । 

नेपाली सेनाको व्यारेकबाट गाडीमा विजयपुर क्षेत्र पुग्नु भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भयो । 

उहाँले २० मिनेट दन्तकाली मन्दिरमा पूजापाठ गर्नु भएको छ । त्यस पछि आधा घण्टाको समय पिण्डेश्वर मन्दिरमा पूजा पाठ गर्नु भएको छ । त्यस पछि नजिकै रहेको धरानको प्रसिद्ध मन्दिर बुढासुब्बा मन्दिरमा पूजापाठ गर्नु भएको छ । त्यस पछि सेनाको व्यारेक पुगेर काठमाडौ फर्कने कार्यक्रम रहेको प्रजिअ यादवले बताउनु भयो । उहाँसँगै प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि पूजापाठ गर्नु भएको छ । मन्दिरको दर्शनभेटसँगै राष्ट्रपति भण्डारीले स्थानीयहरुसँग तस्विरसमेत खिचाउनु भएको थियो । 

bb2

BB