धरान / राष्ट्रपति विद्यादेवि भण्डारी भोली आइतबार सुनसरीको अनौपचारिक भ्रमण गर्ने हुनु भएको छ । 

आइतबार माघे सक्रन्ती अर्थात माघी पर्वको अवसरमा नेपालका चार धाम मध्यको सुनसरीको बराहक्षेत्रको दर्शन गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

उहाँले बराहक्षेत्र दर्शन पछि धरानको विजयपुरस्थित पिण्डेश्वर, दन्तकाली र बुढासुब्बा मन्दिरको अनौपचारी अवलोकन गर्ने कार्यक्रम रहेको इलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडामणी भट्टराईले जानकारी दिनु भयो । 

 राष्ट्रपति भण्डारी विहान हेलिकप्टरबाट सुनसरी आउने कार्यक्रम तय भएको छ ।  बराहक्षेत्र वृहत्तर विकास समितिका सदस्य सचिव गोपाल खत्रीका अनुसार विहान ११ बजे राष्ट्रपति भण्डारी बराहक्षेत्र मन्दिरस्थित कोकाहा नदिको माथिल्लो पटी निर्माण गरिएको हेलिप्याटमा अवतरण हुने कार्यक्रम रहेको छ । उहाँले यहाँको धार्मिक क्षेत्रको अवलोकन र पर्यटकीय स्थलहरुको विकास  र समस्याबारे जानकारी लिनुहुने छ ।   बराहक्षेत्र मन्दिरको दर्शन पछि दिउसो १२ बजे धरानका धार्मिक क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ । 

शनिवार नै जिल्लाको सुरक्षा समितिको बैठक बसी राष्ट्रपति भण्डारीको सुरक्षा र अनौपचारिक भ्रमणको रुटका विषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भयो । ‘औपचारिक कार्यक्रम केही छैन् । उहाँ विहान ११ बजे बराहक्षेत्र मन्दिर परिसरमा जानु हुने छ । त्यस पछि धरानका धार्मिक क्षेत्रको भ्रमण गरेर पुन चतरा पुगेर उहाँ काठमाडौं फर्कनु हुने छ ।’–प्रजिअ यादवले भन्नु भयो–‘उहाँको यो अनौपचारिक धार्मिक भ्रमण हो । चतरामा केही १५ मिनेट होल्ड हुने कार्यक्रम रहेको छ ।’

बराह क्षेत्र मंकर मेलाको महत्व 

सुनसरीको वराहक्षेत्र धाममा माघ १ गते मकर सक्रान्ती मेला लाग्ने गरेको छ । मेला आयोजक समिति वराहक्षेत्र संरक्षण मञ्चका अनुशार मेलाको तयारी पुरा भएको जनाएको छ । स्वास्थ्य , सुरक्षा जस्ता कुराको व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीले व्यवस्थापन गरिरहेको आयोजकले जनाएको छ । 

पौष मसान्तको रातदेखि माघ १ गते सम्म लाग्ने मेलाकालागि सरसफाइ र रङरोगन लगाई सकिएको छ । व्यापारीकालागि स्टल र स्नान घाट व्यवस्थापन गरिएको छ । 

माघ १ गते कमर स्नान गर्न तिर्थालु वराहक्षेत्र आउने गर्दछन् । वराह पुराणका अनुशार माघ १ गतेबाट उत्तारक सुर हुन्छ र देवताहरु जागृत हुन थाल्छन । माघ १ गतेवाट नै सुर्य मकर रासिमा प्रवेश गर्ने भएकाले यसलाई मकर संक्रान्ति भन्ने गरिन्छ । यस दिन ठूला तिर्थ र तलाऊमा गएर स्नान गर्दा अरुबेलाका भन्दा हजार गुणा बढि पुन्य मिलने बराहक्षेत्रका स्थानीय पण्डित योगश भण्डारीले बताउनु भएको छ । 

‘कोशिकी तिरे कोका नदि संगमे मगर संक्रान्ति य कोरिती’ संस्कृत भाषामा उल्लेखित रहेको सिलोकका अनुशार यस दिन वराहक्षेत्रमा स्नान गर्दा अनन्तकाल सम्म भगवानको धाममा बस्न पाइन्ने छ । यस दिन वराहक्षेत्र स्थित कोका कौशिकीमा स्नान गरे बिगतका गरेको गल्तीबाट मुक्ति र ध्यन भइने जनविश्वास रहेको छ । 

स्थानीयका अनुसार शरिरमा भएका लुतो, खटिरा जन्य बस्तु हराएर जानेछन् । शुद्ध मनले स्नान गरे वराह भगवानको दर्शन गरे सोचेका कुरा पूरा हने जनबिश्बास र किमदन्ति समेत रहेको छ । त्यस कारण मेला भर्न मकर स्नान गर्न नेपालबाहिरबाट पनि तिर्थालुहरु आउने गरेको मेलाय आयोजकले जनाएको छ । माघे मेलामा कोवा कौशिकिको संगम स्थलमा गएर स्नान गर्ने परम्परा रहेको छ ।