धरान / राष्ट्रपति विद्यादेवि भण्डारी मंकर नुहाउन आज सुनसरीको बराहक्षेत्र पुग्नु भएको छ । उहाँ विहान ११ बजेर २० मिनेटमा बराह क्षेत्र मन्दिर परिसरमा हेलिकप्टरबाट ल्याण्ड हुनु भएको छ  ।

आइतबार माघे सक्रन्ती अर्थात माघी पर्वको अवसरमा नेपालका चार धाम मध्यको सुनसरीको बराहक्षेत्रको दर्शन गर्न उहाँले अनौपचारिक भ्रमण गर्नु भएको सनुसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भयो । 

अनौपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । 

यस दिन वराहक्षेत्रमा स्नान गर्दा अनन्तकाल सम्म भगवानको धाममा बस्न पाइन्ने बताइन्छ । यस दिन वराहक्षेत्र स्थित कोका कौशिकीमा स्नान गरे बिगतका गरेको गल्तीबाट मुक्ति र ध्यन भइने जनविश्वास रहेको छ । माघ १ गते यहाँ ठूलो मेला लाग्ने गर्दछ ।

प्रजिअ यादवका अनुसार उहाँले बराहक्षेत्रमा दर्शन गरि मन्दिरको अवलोकन गर्नु भएको छ । त्यस पछि धरानको विजयपुरस्थित मन्दिरहरुको अवलोकन गर्ने कार्यक्रम रहेको छ । धरान पुग्ने निर्धारित समय १२ बजे भए पनि केही ढिला भएको उहाँले बताउनु भयो ।  उहाँ १ बजे धरान पुग्नु भएको छ । धरानको दन्तकाली मन्दिर, पिण्डेशवर र बुढासुब्बा मन्दिरको दर्शन तथा अवलोकन गरेर फर्कने कार्यक्रम रहेको छ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की, सनुसरी क्षेत्र नं. १ का सांसदहरु, जनप्रतिनीधिहरुसँग  भेट गर्ने कार्यक्रम रहेकाे छ ।