धरान / बुढासुब्वा गोल्डकपको प्रचारको लागि भानुचोकमा शिवाजको कन्सर्ट आउदो सनिबारबाट आयोजना हुने मोफसलकै उत्कृस्ट फुटबल प्रतियोगिता बुढासुब्बा रेड्बुल गोल्डकपको बिसौ संस्करणको प्रचार - प्रसार बृहत गर्न आयोजक धरान फुटबल क्लबले धरान संगीत प्रतिष्ठानको सहयोगमा राष्ट्रिय स्तरमा चर्चित धराने गायक शिव लामिछाने शिवाजको सांगीतिक कार्यकर्म अाज आयोजना गर्दैछ । माघ १९ गते शुक्रबार धरानको मुख्य बजार भानुचोकको टेक्सी स्टेन्डमा गायक शिवले भब्य स्टेज र साउण्डसहितको कार्यक्रममा आफ्नो ब्याण्ड कृपा फाऊन्डेसनको साथमा आफ्नो चर्चित गीतहरु गाउने छन् । उनल  उकाली ओराली , चाहे माया , माया लाएर , यो मौसमलगायतका थुप्रै गीतहरु पस्कनेछन् । दिउसो ३ बजेदेखि साँझ सम्म हुने कार्यकक्रममा अन्य स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने अायाेजकले जनाएकाे छ ।