धरान /  सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधी सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीले अगैता लिएको छ ।  निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार २४ हजार ५१२ मत गणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ(सरिन)ले चार हजार छ सय ५० मत याएर अग्रता कायम गर्नु भएको छ । 

 एमाले जसपाका साझा उम्मेदवार अशोककुमार राईलाई चार हजार दुई सय ३६ मतल्याएर पछ्याइरहनु भएको छ । 

यस्तै, तेस्रो स्थानमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार मुक्साङहाङ मेन्याङ्बो (मुकेश०ले चार हजार एक सय ८३ मत ल्याएर तेश्रो स्थानमा रहनु भएको छ । स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले ३ हजार चार सय २६ मत ल्याउनु भएको छ । राप्रपाको २ हजार ६१३ मत, स्वतन्त्र उम्मवार मातृकाप्रसाद भट्टराईले एक हजार तीन सय ८१ मत ल्याउनु भएको छ । सुनसरी–१ मा अठहत्तर हजार नौ सय ४३ मत खसेको थियो । 

पछिल्लो मत गणना अनुसार प्रदेश सभा १ मा एमालेका रमेश कुमार बस्नेतले अग्रता लिनु भएको छ । बस्नेतले सात  हजार दुई सय २४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उमेश थापाले छ  हजार तीन सय ७ मत प्राप्त गर्नु भएको छ । राप्रपाका उम्मेद्वार उद्धव श्रेष्ठले ५ हजार ४१७ मत ल्याएर तेस्रो स्थानमा पछ्याइरहनु भएको छ ।