धरान  / सुनसरी क्षेत्र नं १ को पछिल्लो मतगणनाको परिणाम अनुसार लोकतान्त्रिक वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार मुक्साङहाङ मेन्याङ्बो (मुकेश)ले अग्रता लिनु भएको छ । धरान उपमहानगर क्षेत्रको वडा नं. १ देखि ४ सम्म को कुल ६४३६ मत गनिसक्दा मुकेशले अग्रता लिनु भएको हो ।  

नेकपा एमाले –जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राईले पच्छाइरहनु भएको छ । मुकेशका १२०० मत छ । राईले ११२२ मत ल्याएर पछ्याइरनु भएको छ । यस्तै, खरायो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले १०९१, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (सरिन)ले १०९० र राप्रपाका उम्मेदवार अशोक राई (अविरल) ले १००४ मत ल्याउनु भएको छ । शुरुवातीमा राप्रपा र स्वतन्त्र पार्टीको अग्रता थियो । १ देखि वडा नं ३ सम्म नेपाली कांग्रेसको पकट क्षेत्र मानिन्छ । ४, ५,६,७,८,९,१० नं वडालगायतका वडा एमालेको पकड क्षेत्र मानिन्छ। 

यता प्रदेशसभा तर्फ लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार कांग्रेसका उमेश थापाले अग्रता लिनु भएको छ । हालसम्म ७५१६ मत गणना हुँदा थापाले २१९५ मत पाउनु भएको छ । राप्रपाका उम्मेद्वार उद्धव श्रेष्ठले २१८१ मत ल्याउनु भएको छ । एमालेका उम्मेद्वार रमेश बस्नेतले १९७९ मत ल्याउनु भएको छ ।