धरान / प्रदेश नं. नं. १ को सर्वाधिक लोकप्रिय प्रतियोगिता बुढासुब्बा गोल्ड कपको २० औं संस्करण यही माघ २० देखि शुरु हुने भएको छ । धरान फुटवल क्लव धरानले २०५५ देखि नियमित प्रतियोगिता गदै आएको अन्तर्राष्टिूय आमन्त्रण बुढासुब्बा गोल्डपकमा २ पाहुँना टोलीसहित ९ वटा टिम सहभागी हुदैन् ।
आयोजक क्लवका अध्यक्ष तथा एन्फाका उपाध्यक्ष किशोर राईका अनुसार साविक विजेता नेपाल पुलिससहित उपविजेता संकटा क्लव, काठमाडौं, मनाङ मस्र्याङ्दी क्लव, काठमाडौं, थ्रिस्टार क्लव काठमाडौं, अण्डर १९ राष्ट्रिय नेपाली टिम, आयोजक धरान फुटबल क्लव र एपिएफ क्लवले प्रतिस्पर्धा गर्दै छन् । पाहुना टोलीमा बंगलादेश धनमुन्दी क्लव भारत र गरिफा फुटबल क्लव कलकत्ता सहभागी हुँने आयोजकले जनाएको छ ।
धनमुन्दी तेस्रो संस्करणको विजेता हो । बुढासुब्बामा नेपाल पुलिसले ५ पटक उपाधि जितेको छ । थ्रिस्टारले चारपटक जितेको छ भने मनाङले ह्याट्रिक गरेको छ ।
विजेतालाई पुरस्कार ५ लाख
प्रतियोगिताको फाईनल माघ २७ हुने छ । प्रतियोगितमा विजेताले ५ लाख एक हजार रुपैयासहित ट्रफी पाउने छ । उपविजेताले नगद २ लाख ५१ ह्जार रुपैयासहित ट्रफी प्राप्त गर्ने छ । हरेक खेलको म्यान अफ दि म्याचले जनही नगद १० हजार रुपैयासहित ट्रफी पाउने छ । त्यस्तै सर्वोकृष्ट खेलाडीले ट्रफीसहित यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गर्ने छ ।
खेलको सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयासहित ट्रफी पाउने छ । साथै, उत्कृष्ट कोच, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षापंक्ति, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्टूाइकर, उदयिमान खेलाडीले जनही नगद २५ हजार रुपैयासहित ट्रफी पाउने आयोजकले जनाएको छ ।
रंगशालामा खेल हुने
ीवगतका संस्करण धरान(१७ स्थित एन्फा टेक्निकल सेन्टरमा हुदै आएको थियो । तर २० औ संस्करण धरान(१६ स्थित क्षेत्रीय रंगशालामा हुने भएको छ । पुननिर्माणका कारण १५ औं संस्करणदेखि एन्फा खेल मैदानमा हुँदै आएको थियो ।
हालसम्मका                     विजेता                             उपविजेता
२०५५                 बुल्गेरिया स्पोर्टिङ क्लव (भारत)     धरान फुटबल क्लव
२०५६                महेन्द्र पुलिस क्लव                   धरान फुटबल क्लव
२०५७               धनमुन्दी क्लव (बंगलादेश)            महेन्द्र पुलिस क्लव
२०५८               महेन्द्र पुलिस क्लव                     धरान फुटबल क्लव
२०५९                महेन्द्र पुलिस क्लव                   फ्रेण्डस क्लव
२०६०                मनाङ मस्र्याग्दी क्लव                महेन्द्र पुलिस क्लव
२०६१               थ्रि स्टार क्लव                          जावलाखेल युथ क्लव
२०६२                अफ्रिकन युनाइटेड क्लव              धरान फुटबल क्लव
२०६३              नविल थ्रि स्टार क्लव                      अफ्रिक युनाइटेड क्लव
२०६४              महेन्द्र पुलिस क्लव                      जावलाखेल युथ क्लव
२०६५             नविल थ्रि स्टार क्लव                      त्रिभुवन आर्मी क्लव
२०६६              आरसिटी क्लव                            नेपाल पुलिस क्लव
२०६७              मनाङ मस्र्याग्दी क्लव                    आरसिटी क्लव
२०६८              थ्रि स्टार क्लव                             मनाङ मस्र्याग्दी क्लव
२०६९               हङकङ नेपाली महासंघ, हङकङ        आर्मी क्लव काठमाडौं
२०७०              अफ्रिकन युनाइटेड क्लव                    साहरा क्लव पोखरा
२०७१              एपिएफ काठमाडौं                         एमएमसी क्लव काठमाडौं
२०७२               मनाङ मस्र्याग्दी क्लव                 नेपाल पुलिस क्लव
२०७३              नेपाल पुलिस क्लव                         संकटा क्लव काठमाडौं
२०७४ ?