धरान / एमाले( जसपा तालमेलका उम्मेदवारहरुले सुकुम्बासी समस्या समाधान गर्न भूमिहीन, अव्यवस्थित बसोबासीहरुलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
आसन्न निर्वाचनमा नागरिकहरुलाई मतदान गर्न आह्वान गर्दै बुधबार धरान ११ का बस्तीहरुमा घरदैलोमा पुग्ने क्रममा उम्मेदवारहरुले सुकुम्बासीलाई विस्थापित होइन स्थापित गर्ने वचनवद्धता व्यक्त गरेका छन् । धरान–११ बढि सुकुम्वासी बसोवास भएको वडा हो ।
जनताको घरदैलो पुग्दै सुनसरी क्षेत्र न १ (२),प्रदेश सभा का उम्मेदवार विजयकुमार राईले नेकपा एमाले र जसपाको संयुक्त सरकारका बेलामा ऐन बनेको भन्दै राईले सुकुम्बासी समस्याको स्थायी समाधान दिनुपर्छ भनेर आफूहरु लागि परेको बताउनु भएको छ ।
सुकुम्बासी समस्या देशै भरी भएको भन्दै उम्मेदवार राईले सुनसरी १ मा झनै विकराल रहेको बताउनु भयो । 'वर्षौंदेखि धनीपूर्जा दिनेदिने भनेर राजनीतीकरण भइरहेको छ, 'उम्मेदवार राईले भन्नु भयो, ‘हामी राजनीति गर्न चाहदैनौ, सुकुम्बासी, अव्यवस्थित र भूमिहीनहरुलाई स्थायी प्रकृतिको लालपूर्जा वितरणमा संवेदनशील छौँ ।’
'सुकुम्बासी समस्या र अव्यवस्थित बसोबासलाई हल गर्ने सम्बन्धि ऐन बनेको छ । यो नेकपा एमालेको सरकारले बनाएको हो ।’– उम्मेदवार राईले भन्नु भयो– अव मंसिर ४ पछि बन्ने एमालेको सरकारले यो समस्या हल गर्ने छ । हामी आश्वस्त र विश्वस्त बनाउन चाहान्छौ ।’
ऐन बने पछि सरकारमा जोसुकै आए पनि ऐन कार्यान्वयन गर्न बाध्य हुने उम्मेदवार राईले बताउँनु भयो । मुलुकको ठूलो समस्याका रुपमा सुकुम्बासी समस्यालाई ध्यानमा राखेर राज्यले ऐन बनाइसकेको उम्मेदवार राईले स्पष्ट पार्नु भयो । उम्मेदवार राईले भने, 'यस हिसाबले हामीले जितेर गयौं भने त्यो ऐनलाई कार्यान्वयन गर्न दबाब दिन्छौं, प्रयत्न गर्छौं ।'
धरान–११ मा आयोजित घरदैलो अभियानमा सुनसरी क्षेत्र न १ का प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार अशोककुमार राईले सुकुम्बासी समस्यालाई हल गर्न, व्यवस्थित गर्न, खहरे नियन्त्रण गर्न आफूसँग ठोस योजना रहेको बताउँनु भयो । उहाँले धरान ११ लगायतका सुकुम्बासी बस्ती र खहरे खोला प्रभावित क्षेत्रलाई करिडोर निर्माण गरी सौन्दर्यता प्रदान गर्ने बताउनु भयो ।