सुनसरी /  भगवती चौधरीका गुरु कृष्ण कुँवरले कुराकानीको सुरुमै जोसिलो पारामा भन्नुभयो “चौधरी समूदायमा यत्तिकी हिम्मतिली र जुझारु महिला मैले देखेको छैन ।”

कृष्ण कुँवरलाई अहिले गढि गाँउपालिकामा पर्ने औरावनीमा कुँवरसर भनेर जन जनले चिन्छन । नचिनुन पनि किन ? उहाँले त्यहाँको सरस्वती उच्च माविमा ३८ बर्ष पढाउनुभयो । त्यहि स्कुलवाट पढाउन सुरु गर्नुभएको ३८ बर्ष पछि त्यहि स्कुलबाटै रिटायर्ड हुनुभयो । 

सुनसरी क्षेत्र नम्वर ३ की एमाले उम्मेदवार भगवती चौधरीलाई कुँवर सरले सरस्वती स्कुलमा कक्षा ८ देखि १० सम्म पढाउनुभयो । भगवती चौधरीले चुनावी अभियान सञ्चालन गरिरहदा कुँवर सरले कक्षा ८ देखि १० सम्म पढाउदाको वेला झल्झली सम्झनु भयो । 

कृष्ण सरको नजरमा भगवती चौधरी

भगवती औरावनीमा कक्षा ८ मा पढ्थीन, मधेशाको स्कुलमा गएर एक दिन अग्रेँजीमा फरर भाषण गरिछिन, अँग्रेजी पढाउने उनको गुरु म त मख्खै परेँ नि । मधेशाका छात्राहरुलाई उ वेलै अँग्रेजीमा भाषण गरेर संगठित पो गरिछिन ।’–एउटा भेटमा उहाँले सुनाउनु भयो । 

बिद्यालयमा खेलकुदका गतिविधि त हुन्थे तर खेलकुद सिकाउने कोचको ब्यवस्था  थिएन । भगवतीले बिद्यार्थीहरुलाई के के भनेर प्रभावित गरिन को नि, एक हुल बिद्यार्थी लिएर हेडसरको कक्षमा आइछिन । उनको माग थियो खेलकुद सिकाउने कोच चाहियो । बिद्यालयले कोचको ब्यवस्था मिलाउनै परयो । कोचको ब्यवस्था भएपछि खेलकुदको स्तर उस्किहाल्यो  ।

“केहि अन्याय भयो कि मुकाविला गरिहाल्ने जुझारु स्वभाव थियो भगवतीको” कुँवर सरले अगाडी थप्नुभयो “कोहि सँग नझुक्ने,अन्याय त सहदै नसहने खालकी थिइन सानै देखि भगवती । उ वेला चौधरी समूदायका छोरी मान्छे खासै बोल्दैन थिए तर भगवती अचम्मकी थिइन,नेतृत्व क्षमता पनि अब्बल थियो । ”

सानै देखि आफनो कामले अरुलाई प्रभावित गर्ने गज्जवको क्षमता छ भगवती चौधरीमा । सवैका कुरा सुन्ने र समेटने खुवी रहेको जनाउदै कुँवर सरले सम्झनाका पोकाहरु फुकाउदै जानुभयो ।

छोरी पढाउने अभियान चौधरीले चलाइन 

भगवती चौधरीका हजुरबुबा कुमरलाल चौधरीले स्थापना गरेको स्कुलमा कुँवर सरले पढाउनुभयो । भगवती चौधरीले त्यहिँ पढनुभयो । आफू मात्रै पढने होइन गाँउका अन्य छोरीलाई पढाउनुपर्छ भनेर घर घर पुगेर सानी केटीले भन्ने गरेको अझै  सम्झना छ कुँवर सरलाई । तिनै भगवती चौधरी आफनो गाँउ बाट पहिलो पटक क्याम्पस जाने केटी वनिन कुँवर सरले गर्वका साथ भन्नुभयो । त्यहि भगवती संविधानसभा सदस्य वनिन, राज्यमन्त्री वनिन सरले जोसिलो पारामा थप्दै जानुभयो –‘दुई दुई पटक यिनलाई अन्याय भएको छ । अदालत गईन अदालतले पनि न्याय दिएन । यसपाल जनताले चुनावमा भगवतीलाई न्याय गर्छन है पक्कै गर्छन ।’

प्रदेश नम्वर ३ को मात्र होइन देशकै हीत चाहने हो भने भगवती चौधरीले जीत्नुपर्छ कुँवर सरले भन्नुभयो । मैले मेरो बिद्यार्थी भनेर भनेको हैन वास्तविक कुरा हो कुँवर सरले प्रष्टिकरण दिनुभयो यसपाल जित्छिन हेर्दैजानुस है ।

यिनले गाँउ शहर वजारको बिकासमा त पक्कै पनि ध्यान दिन्छिन नै,पिछडिएको वर्ग समूदायको कुरा सुन्छिन र यिनीहरुको हीतमा काम गर्छिन मेरो बिश्वास हो कुँवर सरले विश्वास जनाउनुभयो  “सुनसरी ३ को बिकास चाहने हो भने भगवतीले जीत्नुपर्छ । ” अन्तिममा पनि उहाँ भन्दैहुनुहुन्थ्यो यत्तिको जुझारु, लगशील वुझक्कड र काम गर्न खोज्ने महिला पाउन गाहो छ है ।