धरान  / नेकपा एमाले– जनता समाजवादी पार्टीका साझा उम्मेदवार अशोककुमार राईले धरान १६ का समस्यालाई राष्ट्रिय योजनासँग जोड्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।  

धरानको सर्दू खोलाले वर्षेनी निम्त्याउने समस्यासँग आफू जानकार रहेको बताउँदै उम्मेदवार राईले सर्दू करिडोरलाई राष्ट्रिय योजनासँग जोडेर सौन्दर्यीकरण गर्ने बताउनु भयो ।  

धरानका सुकुम्बासी भूमिहीनहरुलाई वर्षेनी दुःख दिने खोला किनारलाई व्यवस्थित गरी करिडोर निर्माण गर्ने र खोला किनारलाई सौन्दर्यीकरण गर्ने गरी राष्ट्रिय नीति निर्माण गर्न पहल गर्ने उम्मेदवार राईले बताउनु भयो । 

धरान १६ मा रहेको तारा सुब्बा स्मृति पार्कलाई थप व्यवस्थित गरी धरान १६ मा आन्तरिक पर्यटन विकासका लागि पूर्वाधार निर्माण गर्ने उम्मेदवार राईले बताउनु भयो । 

स्तरोन्नति गर्ने, अव्यवस्थित र सुकुम्बासीहरुलाई स्थायी प्रकृतिको धनीपूर्जा प्रदान गनर््े, आवश्यक्ताका आधारमा धरान १६ लगायतका खोला किनारका बस्तीहरुलाई विकास गर्ने राष्ट्रिय नीति निर्माण गर्ने उम्मेदवार राईले बताउनु भयो ।  

धरानको थोक व्यापारलाई पुनःस्थापित गर्ने, धरानको आर्थिक जीवन र समुन्नतिलाई केन्द्रमा राखेर नीति निर्माण गर्ने उम्मेदवार राईले बताउनु भयो । 

‘पर्यटनको विकास गर्ने, धार्मिक पर्यटन, पर्यापर्यटन र रिक्रियस्नल स्पोर्ट्स र म्युजिकका बारेमा नयाँ नयाँ विचारहरु हामीले ल्याएका छौं,’ उम्मेदवार राईले भने, ‘उद्यममार्फत् धराने जनताले रोजगारी विकास गर्न सकून् भन्ने हाम्रो चाहाना छ ।’

धरानमा औद्योगिक ग्रामलाई आवश्यक बजेट छुट्याई उद्योगहरुलाई चाहिने आवश्यक पूर्वाधारहरु पानी, बिजुली, भवन, सडकलगायतका पूर्वाधार निर्माण गरी निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहित गर्ने दृष्टिकोण रहेको उम्मेदवार राईले बताउनु भयो । ‘त्यसले लगभगलगभ ५ हजार युवाहरुलाई रोजगार बनाउन सक्ने हाम्रो अपेक्षा रहेको छ ।’ उम्मेदवार राईले भन्नु भयो । 

सुनसरी–१(२) प्रदेश सभा  सदस्य उम्मेदवार विजयकुमार राईले आफुहरु जितेर गए पछि स्थानीयको समस्याहरुलाई प्राथमिकतामा राखेर समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । सबै खाले समस्याहरु एमालेले समाधान गर्ने उहाँको भनाई थियो ।