धरान  /  नेकपा एमाले– जसपाले सुनसरी क्षेत्र नं। १ मा चुनाव िअभियानलाई तिव्रता दिएको छ । प्रत्येक वडामा प्रचार तथा प्रसार कमिटी बनाएर आफ्ना उम्मेद्वारलाई जिताउन अभियान चलाएको छ ।

धरान उपमहानगरपालिका वडा नम्बर १० मा  शविनार निर्वाचन प्रचार प्रसार कार्यलय उद्घाटन गरिएको छ।  कार्यक्रमका प्रमुख अथिती  सुनसरी क्षेत्र नं। १९१०बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवार बन्नु भएका रमेश बस्नेतले उद्घाटन गर्नु भएको छ ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा एमालेबाट समानुपातिक उमेदवार मोतीराज सुनुवार, नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा मजदुर नेता भिम ज्वाला राई,, एमाले जिल्ला सदस्य टिका माङ्गलेङ, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य दुर्गामाया लिम्बू ,प्रदेश कमिटी सदस्य तेन्जिङ शेर्पालगायतको उपस्थितिमा कार्यालय उद्घाटन गरिएको हो ।

समानुपातिक उम्मेदवार मोतीराम सुनुवारले अहिलेको परिस्थिति अनुसार नेकपा र जसमा तालमेल भएर साझा उम्मेदवार भएर अगाडी उढनु परेको बताउनु भएको छ । रुपा गुरुङको संयोजकत्वमा ३ सय १३ जना रहेको  वडा प्रचार प्रसार समिति  निर्माण गरिएको छ।