धरान ÷ बराहक्षेत्रको वडा न ३, ४ र ५ मा नेकपा एमाले – जसपा समीकरणको चुनावी घरदैलो अभियान सुरु भएको छ ।

सुनसरी क्षेत्र न १ बाट एमाले जसपा तालमेलका उम्मेदवार अशोककुमार राई र प्रदेश सभा १ ‘ख’ का उम्मेदवार विजयकुमार राईसहितको टोली बराहक्षेत्र पुगेको हो ।

घरदैलो अभियान बराहक्षेत्रका बीचपानी चोक, मिलन चोक, सिमरवन, विशाल चोक, अमाहा सीमसारमा आइपुगेको छ ।

आजै बराहक्षेत्रका तीनकुने, आन्रामठ, धनपुरी, पिडारी र बाङ्गेमा घरदैलो अभियान गर्ने छ ।

घरदैलो अभियानका क्रममा स्थानीयले एमाले जसपा तालमेलबाट सुनसरी १ मा उठेका उम्मेदवार अशोक राईलाई छाता चिह्नमा मतदान गर्ने बताउनु भएको छ । 

तालमेल राष्ट्रिय आवश्यकताका रुपमा रहेको बुझेका स्थानीयले उम्मेदवारलाई विजयी बनाउन लागि पर्ने बताउनु भयो । 

‘हामीलाई एक जना सांसद भन्दा पनि गाउँको दुःख सुख बुझेका नेताको आवश्यकता छ, अशोक राईलाई जिताए मन्त्री बन्ने सम्भावना छ, उहाँ मन्त्री बनेपछि हाम्रो गाउँको विकास कसैले रोक्न सक्दैन ।’–स्थानीय सन्दीप थापाले भन्नु भयो–‘मेरो र हामीजस्ता युवा विद्यार्थीको भोट राष्ट्र निर्माणको पक्षमा हुनेछ, म सबैलाई आह्वान पनि गर्छु, प्रतिनिधि सभामा छाता चिह्न र प्रदेश सभामा सूर्य चिह्नमा मतदान गरौं ।’ सुनसरी–१ को विकासका लागि राष्ट्रिय नेताको अवश्यकता रहेकाले अशोक राईलाई मतदान गर्न स्थानीय उत्साही भएका छन् । 

राई जनता समाजवादी पार्टीका राष्ट्रिय परिषदका अध्यक्ष हुनुहुन्छ । सरकार गठन गर्दा उहाँ मन्त्री बन्ने पक्का छ ।

घरदैलो अभियानमा उत्साहित बनेका बराहक्षेत्रका स्थानीयले विकास, स्थायित्व र समृद्धिका लागि एमाले जसपाको समीकरणमा मतदान गर्नुको विकल्प नभएको बताउनु भएको छ ।