धरान । सुनसरी बक्लौरीका रामसिंह वस्नेत उमेरले पाको हुनु भएको छ । उमेरमा उहाँ ८९ वर्ष पुग्नु भएको छ । उहाँलाई हिडडुल गर्नको लागि लौरोको साहारा चाहिन्छ । राणा शासन, प्रजातन्त्र, पञ्चायतकाल हँुदै वहुदलीय व्यवस्था र जन आन्दोलन पछिको गणतन्त्रसम्मको अनुभव उहाँल गर्न पाउनु भएको छ । 

उहाँ अहिले पनि राजनीतिप्रति उतिकै चासो राख्नुहुन्छ । लठ्ठी टेक्दै भए पनि सकेसम्म कार्यक्रममा पुग्नुहुन्छ । सबै पार्टीका सभा भेलामा बसेर कुरा सुन्नु हुन्छ । शुक्रबार बक्लौरी चौकको नेकपा एमालेको चुनावी कार्यक्रममा उहाँलाई भेटियो । 

उम्मेदवारसँग आफ्नो र नेपाली जनताको भाग्य र भविष्य नै तपाईहरुको हात रहेको भनेर जितको शुभकामना समेत दिनु भयो । अन्य मतदातालाई पनि सचेत गराउँदै उहाँले भन्नु भयो–‘हामी वृद्धवृद्धाको भरोसा र पाल्ने पार्टी एमाले नै हो, अरुले त आसा मात्रै देखाउँछन्, मासुभात दिनेको खाने तर भोटचाहिँ हाम्रो वृद्धको भरोशा एमाले पार्टीका उम्मेदवारलाई दिने हो । 

’रामधुनी नगरपालिका वडा नं. ६ बकलौरी टंकप्रसाद चौधरी पनि उमेरले ६४ वर्ष पुग्नु भएको छ । अहिलेसम्मको चुनावमा चौधरीले एमालेको उम्मेदवारलाई मात्र मतदान गरेका बताउनु हुन्छ । ‘हरेक विकास र दुख पीडा वुझ्ने एमालेका उम्मेदवारहरु छन्, म एक्लै होइन, मेरो परिवार नै आउने चुनावमा एमाले–जसपाका उम्मेदवारलाई भोट हाल्छौ ।’–उहाँ भन्नु हुन्छ ।

बक्लौरीमा आयोजित एमाले जसपाका उम्मेदवारको कोण सभा र घरदैलो कार्यक्रममा उपस्थित भएका वृद्ध बृद्धा ,महिला र युवा मतदाताहरुले बधाई र जीतको शुभकामना दिनु भएको छ । कोण सभा कार्यक्रममा एमाले जसपाको साझा प्रतिनिधी सभा सदस्य उम्मेदवार अशोक राईले चुनाव भनेको मतको दान भएकाले मंसिर ४ गतेको चुनावमा सोचेर मात्रै मतदान गर्न आग्रह गर्नु भयो । ‘यस क्षेत्रको वर्षाेदेखि भोगेको दुर्गम अवस्थालाई सुगम वनाउनको लागि जितेर गएपछि अवश्य पुरा गर्नेछौ, त्यसैले कुरा गर्ने र आश्वासन दिनेलाई  होइन, काम गरेर पुरा गर्ने नेता छान्नुस्, काम गरेर हामी वाचा पुरा गर्नेछौ ।’–उम्मेदवार राईले भन्नु भयो । ’कार्यक्रममा प्रदेश सभा ‘२’ तर्फका उम्मेदवार विजयकुमार राईले यस अघि पुरा हुन नसेकको कामहरुलाई पुरा गर्न आफुले उम्मेदवारी दिएको वताउनु भएको छ । ‘रामधुनी र वराहक्षेत्र नगरपालिका भएपनि नगरवासीको अनुभति हुन पाएका छैनन्, अव मंसिर ४ गते पछि जितेर गएपछि सुनसरी–१ वासी अनुभुति दिलाउने प्रतिवद्धता व्यक्त गर्दछु ।’

कार्यक्रममा प्रतिनिधी सभा समानुपातिक उम्मेदवार मोनीराज सुनुवार र लहरुमाया जिमीले पनि यहाँको समग्र विकासका लागि प्रतिवद्धता जनाउनु भएको छ ।