धरान  / धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सेन्ट्रल ल्याबमा रगत नमुना संकलन गर्ने काउण्टरहरु खुल्ने समयावधी बढाइएको छ । यसभन्दा अघि ओ.पी.डी. मा आउने बिरामीहरुको ल्याब परिक्षणका लागि  रगत संकलन गर्ने काउन्टरहरु बिहान ८  बजेदेखी खुल्ने गरेकोमा बिरामीहरुको सुविधालाई ध्यानमा राखी बिहान ७ बजेदेखिनै सो काउन्टरहरु खुल्ने व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ । 

काउन्टरहरु बिहान ७ बजेदेखी बेलुकी ४ बजेसम्म लगातार रुपमा खुल्नेछ । बिरामीहरुको दिनानुदिन बढ्दो चापलाई मध्यनजर राखी तथा बिरामीहरुले अझ सहजरुपमा सेवा प्राप्त गरुन् भन्ने उदेश्यले उक्त समयावधी बढाइएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिनु भयो । 

अस्पतालमा भर्ना भएका बिरामीहरुको रगत संकलनको समय थप गरी आइतबारदेखि बिहिबारसम्म बेलुकी ७ बजेसम्म र शुक्रबारका दिन बेलुकी ४ बजेसम्म गरिएको छ ।