धरान / इटहरी २० तरहराकाकुमार तामाङका छोरा १७ वर्षीय लक्ष्मण तामाङलाई उपचारका लागि वीपी प्रतिष्ठानस्थित प्रशिक्षार्थी चिकित्सकहरुको गरिब विरामी सहायता कोषबाट ५ हजार रुपैयाँ प्रदान गरिएको छ । बाल विभागका बालरोग विशेषज्ञ डा.अरुणकुमार सिंहकाे पहलमा उनलाई सहयाेग उपलब्द गराईएकाे हाे । उनको नाजुक आर्थिक अवस्थाका कारण तामाङ परिवारसँग औषधी किन्ने पैसासमेत नभएकाले उक्त रकम विरामीका आफन्त शान्ति तामाङलाई हस्तान्तरण गरिएको हो । गतः ४ दिनदेखि डिएमआइ हाइपोथेरोडिजम रोगबाट पीडित बालबालिका विभाग वेड १२ मा भर्ना भई उपचाररत छन् । आर्थिक अवस्था एकदमै नाजुक रहेकोले अस्पताल प्रशासनले उपचारका क्रममा लाग्ने जाँचहरुसमेत निःशुल्क गरेको छ ।