धरान / नेकपा एमाले केन्द्रीय नेतृत्वले सुनसरी क्षेत्र नं. १ मा पार्टीको बसतुस्थिति नबुझि गठबन्धन दल जनता समाजबादी पार्टीलाई प्रतिनिधिसभा सदस्यको लागि जसपाका नेता अशोक राईलाई दिए पछि अधिकाशं एमाले नेता कार्यकर्ताहरुले असन्तृष्ट जनाएका छन् । 

केन्द्रका गलत निर्णयका कारण धरान उपमहानगरपालिकाका पूर्व नगर प्रमुख मनोज मेन्याङ्बोले उम्मेदवारी समेत दिने हुनु भएको छ । उहाँले धरानको भानुचोकमा घोषणा सभा गरि उम्मेद्वारी घोषणा गर्नु भएको छ । 

एमालेले जसपाका अशोक राईलाई टिकट छोडेपछि २०५४ का धरानका मेयर मनोजकुमार मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिनु भएको हो । एमाले क्षेत्रीय कमिटीले प्रतिनिधिसभा सदस्यको लागि निवर्तमान सांसद जयकुमार राईको नाम सर्वसम्मत सिफारिस गरेको थियो । राईले नै टिकट लिने समेत लगभग तय पनि थियो । तर, सत्ता गठबन्धनमा रहेको जसपाले एमालेसँग तालमेल गर्ने भए पछि सुनसरी १ जसपालाई एमालेले दिएको छ । 

सुनसरी १ मा अधिकांश एमाले नेता तथा कार्यकर्ताहरुले विद्रोह गरेका छन् । उनीहरुले प्रतिनिधी सभासदस्यमा मनोज मेन्याङ्बो, प्रदेश सभा सदस्य ‘क’मा विजय राई र ‘ख’ मा रमेश राईलाई जिताउने उद्घोष गरेका छन् । 

अशोक राई गत २०७४ को निर्वाचनमा जयकुमार राईसँग दोव्वर मतले हार व्यहोर्नु भएको थियो । विगतमा अशोक राईको विरोध गरेर जयकुमार राईको भोट मागे पनि यस पटक त्यही व्यक्तिलाई नै सघाउनु पर्ने अवस्था आएपछि भने एमाले जनहरुले आपति जनाउदैं आएका छन् । 

मनोज मेन्याङ्बोले शनिवार धरानमा एक भेला राखेर राती १२ बजेसम्ममा निर्णय सच्चाउन अल्टिमेटम दिनु भएको थियो । तर पार्टीले निर्णय पुन विचार नगरे पछि उहाँले उम्मेद्वारी दर्ता गर्ने प्रक्रियामा पुग्नु भएको हो ।  निर्वाचन परिचालन कमिटी समेत गठन भइसकेको छ । संयोजक नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा धरानका सञ्चार उद्यमी किशोरकुमार कार्कीलाई तोकिएको छ । धरानलाई जनसभागिताको शहर बनाएर देशभरी नमुना बनाउने पूर्व नगर प्रमुख  मेन्याङ्बोको उम्मेद्वारी दर्ता भईसकेको संयोजक कार्कीले जानकारी दिनु भयो । 

२०५१ सालदेखि एमालेको राम्रो पटक क्षेत्रको रुपमा रहेको सुनसरी १ लाई पार्टीका उम्मेद्वार जित्ने सम्भावना हुदा हुदैं अन्य दललाई दिएको प्रति एमाले नेता कार्यकर्ताहरुले तिव्र असन्तुष्टी जनाउदैं आउनु भएको छ । लामो समयदेखि खटेका एमालेका क्रियाशिल नेता कार्यकर्ताहरुले मनोज मेन्याङ्बोलाई साथ दिने बताउदैं आएका छन् । 

यता संकटका बेला नेपाली कांग्रेसका पूर्व नगर सभापति तिलक राईले मेयरमा जितेका लोकप्रिय व्यक्तिलाई बाइपास गरेर सत्ता गठबन्धनबाट पनि कांग्रेसलाई नदिएर माओवादी केन्द्रका मुक्साहाङ मेन्याङ्बोलाई प्रदेश सभा सदस्यमा टिकट दिए पछि कांग्रेसमा पनि तिव्र असन्तुष्टी बढेको छ । नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुलेसमेत मनोज मेन्याङ्बोलाई समर्थन जनाएको बताइएको छ ।