आज - १२ मंसिर २०७४ मंगलवारको राशिफल

मेष:(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभारम्भको चर्चा चल्नेछ । बौद्धिकताको विकास हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला ।

मिथुन:(का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

सिंह:(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ ।

तुला:(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्य सम्पादनमा सहजता मिल्नेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला ।

धनु:(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्य क्षेत्रमा सफलता पाईनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

कुम्भ:गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वाक्चतु¥र्याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

बृष:(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । पार्टनरमा सफलता मिल्नेछ ।

कर्कट:(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ठूलो उपलब्धि हातपार्न नसकिएला । निराशाभाव बढ्नुका साथै प्रयत्न गरेको काममा बिलम्ब हुनाले दिक्क लाग्नेछ ।

कन्या:(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) स्वादिष्ट भोजन पाईनेछ । राम्रो-नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । कुविचारमा मन जानसक्छ ।

बृश्चिक:(तो, ना, नि, नु, ने, नो, या, यि, यु) राजनैतिक कार्यमा सफलता मिल्नेछ । अलंकारको प्राप्ति हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

मकर:(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) परिवारको समस्याले सताउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ ।

मीन:(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सौन्दर्यतामा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट काममा बाधा आउला । बन्न लागेको काम विग्रिनेछ । - ज्यो.पं. नारायणप्रसाद दुलाल हाम्राे पात्राेबाट