• धरान | आगामी भदौ १० गते शुक्रबार धरान - पुतलीलाइन स्थित फ्रेन्ड्स गार्डेन रेस्टुरेन्टमा फ्रेन्ड्स गार्डेन नाइट  कार्यक्रम हुने भएको छ |     

     शुक्रबार साँझ हुने कार्यक्रममा चर्चित गायक  रुपक डोटेल  प्रदेश लिम्बु र सविन लिम्बुको प्रस्तुती रहनेछ | रुपकको बनकी चरी के भन्छे   ,सानु माया लगायतका गीतहरु चर्चित छन भने प्रदेशको आगे आगे तोपैको गोला र सविनको जस्लाई मैले चलेका गीतहरु हुन | फ्रेन्ड्स गार्डेनको आयोजना तथा टुबोर्ग बियरको प्रायोजन रहने कार्यक्रमको सन्चालन इक्सा मादेनले गर्नेछिन |