धरान । नेपालकै चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’की प्रतिस्पर्धी तथा प्रतिभाशाली गायिका मेचु धिमाल र गायक सुप्रिम मल्ल ठकुरीको स्वरमा रहेको ‘अन्ताक्षरी ’ गीतको भिडियो सार्वजनिक गरिएको छ।

लोकभाकामा बनेको गीतमा माया र प्रेमका भावहरुलाई समेटिएको छ । भिडियोमा गायिका मेचु आफै र गायक सुप्रिम मल्ल ठकुरीले अभिनय गरेका छन । लिलाराज काङ्गवाङ्गको को शब्द तथा मेचु धिमालको संगीत रहेको गीतमा संगीत संयोजन विसम आचार्यले गर्नु भएकाे छ । इशाक जगेवुले छायांकन तथा सम्पादन गरेको भिडियोलाई गायिका मेचु धिमाल स्वयम्ले कोरियोग्राफी तथा निर्देशन गर्नु भएकाे छ।
उक्त  भिडियो मेचु धिमालको आफ्नै अफिसियल युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ।
म्युजिक भिडियो लिङ्क :