खाँदबारी  / नयाँ तथा पुराना पत्रकारहरुलाई विकास पत्रकारिता पोख्त बनाउन प्रेस चौतारी नेपाल प्रदेश न १ को आयोजना तथा प्रेस चौतारी नेपाल संखुवासभाको ब्यवस्थापनमा ३ दिने विकास पत्रकारिता तालिम खाँदबारीमा सुरु  गरिएको तालिमको शुक्रबार नेकपा एमाले संखुवासभा जिल्ला अध्यक्ष जीतबहादुर घिमिरेले उद्घाटन गर्नु भएको छ । ।

तालिमको सहजिकरण नेपाल प्रेस इन्स्टिच्युटका प्रशिक्षक यज्ञ शर्मा, नेपाल पत्रकार महासंघ प्रदेश १ का सचिव देवेन्द्र कार्की र प्रेस चौतारी नेपाल प्रदेश १ का अध्यक्ष अभिजाल विष्टले गरिरहनु भएको छ ।98466927920220722_130243

तालिममा १० वटा पालिकाहरुबाट ३४ जना नयाँ पुराना पत्रकारहरुले सहभागिता जनाउनु भएको छ । तालिममा आमसञ्चारका विषय, विकास पत्रकारीताका आयम, अवधारणा, अनलाईन पत्रकारिता, स्थानीय तहका मुद्धाहरुबारे छलफल गरिने प्रमुख प्रशिक्षक यज्ञ शर्माले जानकारी दिनु भयो ।  

स्थानीय तहका विकासका मुद्धाहरुमा पत्रकारहरुलाई लेख्न उत्साहा प्रदान गर्न तालिमको आयोजना गरिएको प्रेस चौतारी नेपाल संखुवासभाको अध्यक्ष प्रेम निरौलाले जानकारी दिनु भयो । तालिमको समापन आइतबार गरिने बताइएको छ ।