• हाल केमा ब्यास्त हुनुहुन्छ ?

- हाल निर्बाचन लाई ब्याबस्थित गर्ने र निर्वाचन लाई ब्याबस्थापन योजना कार्यनयन गर्दै घरदैलो कार्यक्रम मा ब्यास्थ छु ।                                                        

  • निर्बाचन सम्बन्धि कार्यक्रम हरु अरु केके छ्न ?            

घरदैलो ,मतदाता शिक्षा कार्यक्रम रोड सभा पिढी सभा टोल सभालगायतका कार्यक्रमहरु छ्न ।           

  • तपाई हरुले चुनाव जित्ने आधार हरु केके छन ?

बामपंथीहरुको गठबन्धन नेपाली जनताको चाहना र बामपंथीहरुको बहुमतको सरकार बनाउन केन्द्रित हुने छ । नेपालमा कम्युनिस्टहरुको अल्पमतको सरकार भए पनि जनताको लोकप्रिय कार्यक्रमहरुको प्रस्तुत भएको छ । अव स्थयी सरकार बनाइ देशलाइ स्थ्ययी बिकासको बाटोमा पुर्याउनु नै जित्ने आधार हुन  स्थानीय तहको निर्वाचन परिणाम लाई हेर्ने हो भने डबल मतान्तर कायम रहेको हुदा जित सुनिस्चित छ 

स्थायी सरकार बनाउने नेपालीको चाहना बामपंथीहरुको धुर्बिकरणले गर्दा मतदाताहरु इच्छुक भएको देखिन्छ ।

  • बाम धुर्बिकरण को कुरा भन्नू भयो तर गठबन्धन भएको कार्यकर्ता को एक आपस मा बिश्वास हुन सक्दैन भन्ने हल्ला छ नि ?   

 त्यो सरासर भ्रम हो । विपक्षहरुको भ्रम पार्ने पहिलो उदेस्री हुन्छ । मावोबादी केन्द्र र एमाले मिल्नु पर्छ भन्ने बामपंथी कार्यकर्ता र जनताको भावना छ  । कम्युनिस्टहरुको यो अन्तिम लडाइ हुने भएको हुदा र जनताको चुनावी कार्यक्रममा उत्साह पुर्बक सहभागीले गर्दा अबिस्वास भन्ने कुरा छैन ।               

  • अनि यो छेत्रमा नेपाली काङ्ग्रेस का सुनिल शर्माले जित्ने चर्चा छ त ?

चुनावमा जित्ने इच्छा सबैको हुन्छ तर यो क्षेत्र मा नेपाली काङ्ग्रेस दोस्रो हुने पक्का छ हाम्रो उम्मेदवार भानुभक्त ढकालको अगाडि काङ्ग्रेस का उम्मेदवारहरु राजनीति हिसाब ले धेरै अपरिपक्क देखिन्छन् ।अपरिपक्वहरुले पराजयलाई बिजय को सपना देख्ने गर्छ्न ।

अन्त्यमा केहि भनाइ छ कि ?

सबैभन्दा पहिले तपाई को यो मिडियालाई धन्यवाद दिन चाहान्छु हाम्रो कुराहरु राख्ने मौका दिनु भयो ।